लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

समृद्धि सेलोनको उपहार योजना : हरेक वर्ष ग्राहकले जित्नेछन् एउटा स्कुटर

हेयर डिजाइन तथा सौन्दर्य कलाको क्षेत्रमा विगत ८ वर्षदेखि सेवा प्रदान गर्दै आएको समृद्धि सेलोन एण्ड एकेडेमीले ग्राहकका लागि उपहार योजना सार्वजनिक गरेको छ । समृद्धिले अब हरेक वर्षक एक जना ग्राहकलाई ‘लक्कि–ड्र’बाटा स्कुटर तथा आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने सञ्चालक मोहन ठाकुरले जानकारी दिए ।

हरेक पटक सेवा लिन आउने ग्राहकलाई प्रदान गरिने कुपनबाट लक्कि ड्र गर्दा भाग्यशाली एक जनालाई स्कुटरसहित आकर्षक गिफ्ह्याम्पर र एक वर्ष निःशुल्क सेवा प्रदान गरिने तथा अन्य विजेताहरुलाई निःशुल्क सेवासहित आकर्षक उपहार प्रदान गरिने ठाकुरले बताए ।

बुटवलको अमरपथमा मुख्य कार्यालयसहित पोखरा र मणिग्राममा शाखा सञ्चालनमा रहेको समृद्धिले बर्दघाट र चार नम्बर कपिलवस्तुमा फ्रेन्चाइज सेवा प्रदान गर्ने गरेको छ । यी सबै शाखाहरुमा सेवा लिन आउने ग्राहकले प्रत्येक पटक कुपन प्राप्त गर्ने छन् । उक्त कुपन शंकलन गरी विशेष कार्यक्रम सहित लक्कि–ड्रसहित सार्वजनिक गरिने बताइएको छ ।

हेयर डिजाइन तथा सौन्दर्य कलाका लागि युवा समुदायमा लोकप्रिय बन्दै गएको समृद्धिले सेवा विस्तार गर्दै भैरहवा र चितवनमा समेत शाखा बिस्तार गर्ने योजना बनाएको छ । हालसम्म २ करोड बढी लगानी रहेको समृद्धिले देशभर ५० जना बढीलाई प्रत्येक्ष रोजगार प्रदान गर्दै आएको छ । त्यस बाहेक समृद्धिबाल सीप हासिल गरी स्वरोजगार बन्ने र रोजगार प्राप्त गर्नेहरुको सङ्ख्या पनि उल्लेख्य रहेको सञ्चालक ठाकुरले दाबी गरे । समृद्धिले हाई पेड जनशक्ति उत्पादन गर्ने लक्ष्य सहित बुटवलमा एकेडेमी समेत सञ्चालनमा ल्याएको छ । एकेडेमीमा एकै पटक ४० जनासम्मलाई सीप प्रदान गर्न मिल्नेगरी संरचनासहित सञ्चालनमा आएको सञ्चालक ठाकुरले बताए ।

समृद्धिको उपहार योजना बारे जानकारी गराउन विहिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकालले समृद्धिले युवाहरुलाई रोजगारमा जोड्नु सकारात्मक भएको उल्लेख गरे ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित