लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

यी हुन् गुल्मीमा “दुर्लभ किङ कोब्रा” उद्दार गर्ने सागर पाण्डे

गुल्मीको सत्यवती गाउँपालिका ६ जोहाङस्थित किराना पसलभित्र दुर्लभ मानिएको किङ कोब्रा प्रजातिको ६ किलो ७१५ ग्राम रहेको सर्प पाल्पाको तानसेन नगरपालिका अर्गेलिका सागर पाण्डेले मंगलबार साँझ सकुशल उद्धार गरेका थिए।

लगभग ३ मिटर लम्बाई भएको यो सर्प उद्दार गर्ने २७ बर्षीय पाण्डे सर्प कै कारणले पाल्पा र पाल्पा आसपासमा परिचीत छन् ।

पहिलो पटक आफ्नो बहिनीलाइ (अन्कल कि छोरी ) जो ६ महिनाकी छॅदा ऊनी सुतेको ठाउँमा सर्प आएपछी बचाउनलाई रिस्क लियेर निकालेर सर्प सॅग खेल्न सुरु गरेका पाण्डेले पाल्पा, गुल्मी,अर्घाखाँची, स्याङ्जा, नवलपरासी र रुपन्देहीमा गरि दुई दर्जन भन्दा बढी राज गोमन र अजिङ्गर उद्दार गरिसकेका छन् ।

उद्दार गर्दा कहिले पनि पैसा नलिने गरेको तर खुशीले उद्दार गर्ने घरकाले कहिलेकाही खाजा खाउ भन्दै ५०० देखी १००० सम्म पाउने गरेको अनुभव पाण्डेको छ ।

राज्यले ध्यान दिए धेरै राम्रो गर्न सकिने तर राज्यले वास्ता नगरेको गुनासो पाणेको छ ।

उनले भबिस्यमा राज्यले सहायता गरेमा नेपालका धेरै ठाँउमा पुगेर सर्पबाट बचाउने र सर्प सम्बन्धि अनुसन्धान गर्नको लागि पर्ने रहर रहेको वताउछन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित