बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित                
समाचार :

कांग्रेस सभापती देउवा बुधबार दिनभर रुपन्देहीमा व्यस्त

बुटवल । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा बुधवार रुपन्देहीमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् ।

सभापति देउवाले रुपन्देहीको तिलोत्तमा १३ टिकुलीगढमा निमार्ण गरिएको शहिद यादवनाथ आलोकको पूर्णकदको शालिक अनावरण गरे । त्यस्तै नेपाली कांग्रेस ३ नम्बर क्षेत्रिय कार्यसमिति, रुपन्देहीले आयोजना गरेको नयाँ वर्ष २०८१ को शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रममा समेत सहभागिता जनाए । बुधवार नै नेपाल शिक्षक संघको प्रदेश अधिवेशनको लुम्बिनीमा भएको कार्यक्रममा पनि उनी अतिथिको रुपमा सहभागिता जनाए ।

सभापति देउवाले शहिदहरु कुनै पार्टीको नभई देश र जनताको हुनु पर्नेमा जोड दिएका छन् । तिलोत्तमा १३ टिकुलीगढमा निमार्ण गरिएको शहिद यादवनाथ आलोकको पूर्णकदको शालिक अनावरण गदै देश र जनताका लागि काम गर्ने क्रममा अपराधीवाट मारिएका शहिदहरुको सम्मान हुन नसकेको धारणा राखे । उनले अपराधीको जती नै निन्दा गरेपनि नपुग्ने समेत बताए ।

शहिदको सपना पुरा गर्नु दलहरुको कर्तव्य भएको भन्दै सभापति देउवाले यादवनाथ आलोकको सपना पुरा गरेरै छाडने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा नेकपा एमालेका पोलिटव्यूर्रो सदस्य तथा पूर्व लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले यादवनाथ आलोकले पुराएको योगदानको संम्झना गदै उहांलाई जती सम्मान गरे पनि कमी हुने धारणा राखे ।

शहिद यादव नाथ आलोक स्मृति केन्द्रका अध्यक्ष हेमराज अर्यालको सभापतित्वमा भएको कार्यक्रममा शहिद पत्नी सीतालक्ष्मी न्यौपानेले श्रीमानले अगाडी सार्नु भएका चाहना र आंकाक्षा पुरा गर्न नेपाली कांग्रेसलाई आग्रह गरिन ।

नेपाली कांग्रेस ३ नम्बर क्षेत्रिय कार्यसमिति, रुपन्देहीले भैरहवामा आयोजना गरेको नयाँ वर्ष २०८१ को शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रममा सभापति देउवाले संक्षिप्त रुपमा बोलेका थिए ।

उनले पार्टीका कार्यकर्ताहरुलाई पार्टीको हितको लागि एकजुट भई लाग्न आग्रह गरे । उनले आफैले उद्घाटन गरेको बिमानस्थल सञ्चालनको लागि पनि आवश्यक पहल गर्ने प्रतिवद्धता समेत जनाए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित