
बुटवल । साना व्यवसायीले बुटवलमा सडक क्षेत्रभित्र पर्ने फुटपाथ कव्जा गर्ने गरेको विषय नौलो भएन् । जिविका पार्जनका लागि साना व्यवसायीहरुले फुटपाथमा व्यापार गर्दै आएका छन् । फुटपाथमा अस्तव्यस्त व्यापार हुन थालेपछि बुटवलले सडक क्षेत्रभित्र पर्ने फुटपाथ खाली गर्ने अभियाननै चलायो ।
सहर नै अस्तव्यस्त र कुरुप बनेपछि २०७९ भदौ २४ गते बुटवल उपमहानगरपालिकाले एक सुचना जारी गर्दै ३ दिनभित्र सडक क्षेत्राधिकारभित्र सडक फुटपाथ खाली गर्न आग्रह ग¥यो ।
बुटवल उपमहानगरले सर्वसाधारणको आवत जावतमै समस्या हुने गरी व्यवसायीले फुटपाथ कब्जा गर्दा सहरको सुन्दरतामा समेत कमी आएको भन्दै सडकमा राखिएका निर्माण सामागी, पसल, ठेला, सवारी पार्कीङ तथा वर्कशपहरु हटाउन तीन दिनको म्याद दिएको थियो ।
नगरपालिकाको त्यही सुचनाले जताततै रहेका जुता सिलाउने देखि मकै पोल्नेहरु समेत केही व्यवस्थीत भएर मुल सडकबाट केही साईड लागे । तर नगरका व्यवसायीक संघ संस्थाहरु संग छलफल गरेर उपमहानगरपालिकाले जारी गरेको सूचना अनुरुप फुटपाथ खाली गराउने विषयमा ठूला व्यवसायीले भने चासो दिएनन् ।
फुटपाथमा व्यवसाय गरेर जिवीकोपार्जन गर्नेहरुले उपमहानगरपालिकाको आग्रहलाई सहजै स्वीकार गरि फुटपाथ छोडिदिंदा ठुला व्यापारीहले भने फुटपाथमा कब्जा जमाईरहेका छन् ।
बुटवलको दुर्गामन्दिर, अमरपथ, ट्राफिकचोक लगायत क्षेत्रका फुटपाथ सबैभन्दा बढी अस्तव्यस्त अवस्थामा छन् । पैदलयात्रीलाई हिड्न राखिएका फुटपाथमा समेत पसलधनीले झुण्याएका व्यापारीक सामानले आवतजावतमा समस्या हुने गरेको छ ।
यात्रुहरुको सवैभन्दा बढी भिडभाड हुने भुड्की चोकदेखि पुर्वको श्रवणपथमा पनि फुटपाथ कब्जा गरि सडकमै व्यापारिक सामान राख्ने गरेका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरिक्षक श्याम खत्रीले बुटवल उपमहानगरपालिकाको समन्वयमा फुटपाथ खाली गराउने बताए ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले सडकको क्षेत्राधिकार मिचेर गरिएका व्यवसाय, पार्किङ गर्ने र निर्माण सामग्री समेत हटाउन पटक पटक आग्रह गर्दापनि बेवास्ता गरेपछि समस्या भएको बताए ।