कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

रोट्रयाक्ट डिस्टिक ३२९२ को दोस्रो पिएस मिट तथा पेट्स सेट्स झापाको दमकमा सम्पन्न

रोट्रयाक्ट डिस्टिक ३२९२ नेपाल भुटानद्वारा आयोजित दोस्रो पिएस मिट झापाको दमकमा चैत्र २४ गते सनिवार सम्पन भएको छ ।
रोट्रयाक्ट डिस्टिक ३२९२ नेपाल भुटान अर्न्तर्गत रहेका रोट्रयाक्ट क्लबहरु मध्ये ११० क्लबहरु बाट ६०० भन्दा रोट्रयाक्टरहरुको उक्त कार्यक्रममा सहभागीता रहेको थियो । आगामी रोट्रयाक्ट बर्ष २०२४/२५ का अध्यक्ष एवं सचीवहरुलाइ केन्द्रित गरि राखिएको कार्यक्रममा बर्ष २०२४/२५ का लागि निर्वाचित अध्यक्ष र सचीवहरुलाइ छुट्टाछुट्टै समुहमा तालिम प्रदान गरिएको थियो ।
अध्यक्षहरुको तालिम सहजिकरण एवं प्रशिक्षण बर्ष २३/२४ का एडिआरआर भुपेन्द्र निरौला, असिस्टेन्ट डिस्टिक सेक्रेटरि अनुप पाण्डे , डिस्टिक सेक्रेटरि सुशान्त धिताल बर्ष २३/२४ का डिआरआर रोशन कार्की, बर्ष २४/२५ का डिआरआर बिक्रम क्षेत्रिले गरेका थिए । सचीवहरुको तालिम सहजिकरण एवं प्रशिक्षण बर्ष २३/२४ का डिस्टिक सेक्रेटरि सुशान्त धिताल, २४/२५ का एडिआरआर चन्द्र भक्त अधिकारि र बर्ष २४/२५ का लागि डिस्टिक सेक्रेटरि सुबिन खड्काले गरेका थिए । कार्यक्रमको उद्घघाटन समारोह रोट्रयाक्ट क्लब अफ दमकका अध्यक्ष सवन अधिकारीको अध्यक्षता, दमक नगरपालिका प्रमुख राम कुमार थापाको प्रमुख आतिथ्यता, रोट्रयाक्ट डिस्टिक ३२९२ नेपाल भुटान बर्ष २३/२४ का डिआरआर रोशन कार्की, बर्ष २४/२५ का डिआरआर बिक्रम क्षेत्रिको बिशिस्ट आतिथ्यता, रोटरि क्लब अफ दमकका अध्यक्ष पदम बराल, इन्टयाक डिस्टिक प्रतीनिधि बिप्लव थापाको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख राम थापाले दमकमा दोस्रो पिएस मिट कार्यक्रम गरेकोमा धन्यवाद व्यक्त गर्दै रोट्रयाक्टको माध्यमबाट आज हजारौं युवाहरु आफ्नो ब्यक्तित्व र नेतृत्व बिकास सगै सामाजिक कार्यमा लाग्नु निकै सुखद पक्ष रहेको बताए। कार्यक्रममा बोल्दै बर्ष २४/२५ का डिआरआर बिक्रम क्षेत्रिले आगामी बर्षलाइ उत्कृष्ट बनाउनका लागि यो कार्यक्रमले महत्त्वपूर्ण भुमिका खेल्ने बताए भने २३/२४ का डिआरआर रोशन कार्किले यस बर्षका बाकी कार्यक्रमहरुलाइ सप्पन्न गर्दै जाने र आगामी बर्षमा अझै महत्त्वपूर्ण रोट्रयाक्ट गतिविधिहरु संचालन गर्नुपर्ने र रोट्रयाक्टमा अझै युवा सहभागी बढाउन सकिनेमा जोड दिए।
रोट्रयाक्ट डिस्टिक३२९२ को आयोजना ,रोट्रयाक्ट क्लब अफ दमकको आतिथ्यता सगै अन्य ०९ वटा रोट्रयाक्ट क्लबहरुको सहकार्यमा उक्त कार्यक्रम भब्यताका साथ सम्पन्न भएको बर्ष २४/२५ का रोट्रयाक्ट डिस्टिक मिडिया समन्वय अफिसर आबिस्कार खनालले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित