रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य पाल्पाको तिनाउमा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु रूपन्देही ३ मा धनिराम चौधरीलाई उम्मेदवार बनाउने जनमतको निर्णय डिभोर्सको प्रमाण सार्वजनिक गर्दै लेखजंगले लेखे- सम्बन्धविच्छेद गर्ने वित्तिकै एकअर्कासँग भेट्नै नहुने हो ?                
समाचार :

लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव शुरू, उपप्रधानमन्त्री श्रेष्ठद्वारा उदघाटन

 

लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीमा दुई दिने ‘लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव’ शुक्रबारदेखि शुरू भएको छ । अन्तर्राष्ट्रिय ध्यान दिवसकाे अवसर पारेर त्तयाेजित महाेत्सवकाे उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले उदघाटन गरेका हुन् । उदघाटनलाई सम्बाेधन गर्दै उपप्रधान तथा परराष्ट्र मन्त्री श्रेष्ठले ध्यानको माध्यमबाट समाजिक रुपान्तरण गर्नुपर्ने बताए ।

ध्यानले आफुलाई चिन्न सिकाउने भएकाले आफुलाई चिन्ने व्यक्ति सधै समाजमा पछि पारिएका बर्ग समुदाय संगै सिंङ्गो मानव जातिको मुक्तिको पक्षमा उभिने उनले बताए । बुद्ध मार्ग शान्ति र ध्यान एक अर्काको परिपुरक भएको उल्लेख गर्दै लुम्बिनीलाई बुद्धमार्ग संगै ध्यानको पनि केन्द्रको रुपमा विकास गर्नु पर्ने बताए । ध्यान अध्यारोबाट उज्यालो , असत्यबाट सत्य, अन्यौलताबाट निस्चिततातर्फको यात्रमा डोर्याउने प्रमुख माध्यम भएको उनको भनाई थियो । मन्त्री श्रेष्ठले ध्यानका माध्यमबाट शारिरीक तथा मानसिक स्वाथ्यलाई थप मजबुत बनाउन सकिने भएकाले यसलाई अध्यात्मवादको नयाँ आयामका रुपमा लिन सकिने बताए ।

त्यस्तैगरी नेपालका लागि चिनियाँ राजदुत चेन सोङले नेपाल हिमाल र नदिहरुले जोडिएको उल्लेख गर्दै सगरमाथा नेपाल चिनबिचको मित्रताको साक्षी भएको बताए । बुद्ध जन्मस्थल नेपाल भएको र चिनमा बौद्धमार्गीहरुको अधिक संख्या रहेका कारण धार्मिक तथा साँस्कृतिक रुपमा पनि नेपाल र चिनबिच अन्योन्याश्रित सम्बन्ध रहेको बताए ।

नेपाली राजकुमारी भृकुटीको र मुर्तिकार अरनिकोलाई नेपाल र चिन दुबै देशमा चर्चा गरिने गरेको स्मरण गर्दै राजदुत सोङले यसबाट परापुर्वकादेखि नै नेपाल र चिनबिच गहिरो मित्रता रहेको बुझ्न सकिने बताए । ध्यानले शान्ति र सद्भावको सन्देश दिने र चिन सधैँ आपसि सद्भावको पक्षमा रहेको उनको भनाई थियो । नेपालले अन्तराष्ट्रिय ध्यान दिवस मनाउने प्रस्ताव संयुक्त राष्ट्रसंघमा लगे चिनले त्यसको सर्मथन गर्ने उल्लेख गर्दै लुम्बिनीलाई ध्यानको राजधानी बनाउन आग्रह गरे ।

त्यस्तै गरी लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले ध्यानको माध्यमबाट बुद्धजन्मस्थल लुम्बिनीको प्रचार प्रसार गर्न सकिने बताए । लुम्बिनी हुने यस्ता कार्यक्रमहरुले पर्यटकको संख्या बढाउन र अध्यात्मबादको विकास गर्न महत्वपूर्ण भुमिका खेल्ने बताए ।

महाेत्सव नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दुताबास, लुम्बिनी विकास कोष, र प्रदेश खेलकुद परिषद लुम्बिनीको आयोजनामा महाेत्सव आयाेजना गरिएकाे हाे ।

नेपाल ओभरसिज चाईनिज एशोसियसन (एनओसिए), लुम्बिनी स्थित झोङ हुआ गुम्बा र लुम्बिनी होटल एशोसियसनसंगको सहआयोजना तथा लुम्बिनी बौद्ध विश्वविद्यालय, युनान पर्वतारोहण तथा आउट डोर स्पोर्ट एशोसियसन, लुम्बिनी प्रदेश पर्यटन विकास परिषद र ग्रिनरोडले सहकार्य गरेका छन । लुम्बिनीलाई विश्व शान्ति र धार्मिक साँस्कृतिक पर्यटन गन्तव्यका रुपमा प्रवद्र्धन र नेपाल चिनविचको सम्बन्धलाई जनस्तरमा विस्तार गर्ने उदेश्यले महोत्सव गरिएकाे हाे ।

शनिबार विहान लुम्बिनी अन्तराष्ट्रिय शान्ति म्याराथन गरिने नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एव पूर्वमन्त्री जीवनराम श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा पुरुषतर्फ अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको ४२ किलोमिटर बढीको म्याराथन दौड हुनेछ भने महिलातर्फ २१ किलोमिटर दुरिको हाफ म्याराथन दौड हुनेछ । पाच किलोमिटरको रोड रेस र विद्यालयका छात्रछात्राको लागि ३ किलोमिटर वाकाथन पनि हुनेछ । प्रतियोगिताको विद्यागत रुपमा २० लाख रुपैयाँ खर्च हुने अनुमान छ ।
शनिबार साँझ लुम्बिनी स्क्वायरमा लुम्बिनी शान्ति कन्सर्ट हुनेछ । विश्व प्रशिद्घ गायिका आनी छोयङ डोल्मा, प्रख्यात चिनियाँ गायक उलान तुया, गुकिन कलाकार लु निङ लगायतका कालाकारहरुको प्रस्तुती रहने छ ।((

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित