लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

सिद्धबाबा सुरुङमार्गको काम २ वर्षमा कति भयाे ?

‘मृत्यु’ मार्गका नामले परिचित बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबा क्षेत्रमा निर्माण भइरहेको सिद्धबाबा सुरुङ मार्गको काम २ बर्षमा जम्मा ११ प्रतिशत मात्र काम भएको छ ।

०७८ फागुनमा चाईना स्टेट कन्स्ट्रक्सन ईन्जिनियरिङले पाँच बर्षमा सक्ने गरी ठेक्का सम्झौता गरेपनि २ बर्षमा जम्मा ११ प्रतिशत काम सम्पन्न भएको हो ।

गत माघ देखि भने कामले धेरै नै गतिले लिएको छ ।

त्यस अघि रुखहरु काट्न अनुमती पाउँदा ढिलाई भएको थियो भने सुरुङ खन्न तयार अवस्थामा रहेको बेला बर्षामा दुवै तर्फका रिव पहिरोले परेपछि कामले गति लिन सकेको थिएन ।

माथिल्लो सिद्धबाबा मन्दिर अगाडिको पहरो हुँदै विद्युतको हेडबक्ससम्म एक हजार १२६ मिटर लामो सुरुङमार्ग निर्माण यति गतिमा काम भए ४ बर्षमा पूरा हुने आयोजनाको दावी छ । आयोजनाकी ईन्जिनियर सविता ज्ञवालीले मुख्य सुरुङमार्ग दक्षिण पोर्टलबाट ४८ मिटर सुरुङ खन्ने काम भइसकेको बताईन ।

दक्षिण र उत्तरतर्फका दुबै पोर्टल, निकासका लागि राखिएका तीनवटा सुरुङ, स्लोप कटिङ, स्लोप प्रोटेक्सन लगायतका काम एकसाथ अघि बढाएका कारण भौतिक प्रगति थोरै देखिएको उनको भनाइ छ।

हालसम्म १५ दशमलव ६ मिटरको पहिलो बाइपास टनेल, ७ मिटरको दोस्रो बाइपास टनेल र ४ मिटरको तेस्रो बाइपास टनेल खन्ने काम पूरा भएको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित