गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे…                
समाचार :

बुटवलमा सिद्धार्थ केवलकार सञ्चालनको अन्तिम तयारी (फोटो फिचर)

बुटवल । बुटवलमा अबको एक महिना भित्रै अर्को नयाँ केवलकार ‘सिद्धार्थ केवलकार’ सञ्चालनमा आउने भएको छ । हाल बुटवल बाट बसन्तपुर सम्म चल्ने लुम्बिनी केवलकार सञ्चालनमा छ । नयाँ बर्ष ०८१ साल बैशाख महिना देखि सिद्धार्थ केवलकार सञ्चालनमा आउने तयारीमा छ ।

सिद्धार्थ केवलकार प्रा.लीका अध्यक्ष राजेन्द्र सिंह गुरुङले अबको डेढ महिना भित्र केवलकार सञ्चालन गर्ने तयारी अनुसार अन्तिम चरणका कामहरु भइरहेको बताए ।

मंसिरमा केवलकार सञ्चालन गर्ने तयारी भएपनि रोवको काम नभएपछि मंसिरमा केवलकार सञ्चालन हुन सकेको थिएन । अध्यक्ष गुरुङका अनुसार अहिले केवलकारको प्ररिक्षण गर्ने काम भइरहेको र संरचनाको फिनिसिङको काम भइरहेको छ ।

‘इटालीबाट रोव ल्याउँदा समय लाग्यो । मंसिरमा सुरु गर्न सकेनौ । अहिले परीक्षणमा छौ । यसलाई ईन्टरनेशनल सटिफिकेशन गरेपछि बैशाख महिना भित्र सुरु गर्छौ’ उनले भने ।

बुटवलको वडा नम्वर १÷ २ स्थित देउराली डाँडामा केवलकारको प्रस्थान विन्दु छ । केवलकारको त्यहि प्रस्थान विन्दु (पहिलो स्टेशन) देउराली डाँडामा मनोरम सिद्धार्थ गार्डेन, उनले टेकेका ६ वटा पाइलाको प्रतिक स्वरुप कमलका फूल निर्माण गरिसकिएको छ । माथिल्लो स्टेशन नुवाकोटमा सातौँ पाइला सहितका संरचना निर्माण भइसकेको छ । त्यहाँ ५० फूट अग्लो सिद्धार्थको मूर्ति निर्माण हुन बाँकी छ । मूति तयार भइसकेको र त्यसलाई जडान गर्न बाँकी रहेको अध्यक्ष गुरुङले बताए ।

त्यसतै टिकट काउन्टर, कार्यालय प्रयोजनका लागि भवन सहितका संरचना निर्माणको काम पूरा भइसकेका छन् ।

पाल्पाको नुवाकोट गढीसम्म पुग्ने सिद्धार्थ केवलकारको ०७७ फागुन ९ गते तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरेका थिए ।
२ बर्षमा सञ्चालन गर्ने भनिएपनि रुख कटान सहितका अन्य कामले केवलकार निर्माण ४ बर्षमा पुरा हुन लागेको हो । केवलकार निर्माणको करिव ९५ प्रतिशत काम पुरा भइसकेको अध्यक्ष गुरुङले जानकारी दिए ।

केवलकारको अलवा त्यहाँ रिसोर्ट सहितका अन्य पुर्वधार निर्माण हुने प्रा.लीले जनाएको छ । हाल सम्म ९० करोड लगानी भइसकेको छ । रिसोर्ट सहितको परियोजना पूरा हुँदा यसको कुल लागत डेढ अर्ब माथी हुनेछ ।

केबलकार सञ्चालन पछि बुटवलको पर्यटन विकासमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको प्रा.लिका अध्यक्ष गुरुङले बताए ।

६ दशमलव ०९८ हेक्टर क्षेत्रफल जग्गामा केवलकारका संरचना निर्माण गरिएको छ । नुवाकोट विकास समितिका अध्यक्ष एवं केवलकार संचालक समितिका सदस्य माधव नेपालले बुटवलको आर्थिक चलायमान र यहाँको पर्यटन प्रवद्र्धनलाइ माथी उठाउने उद्देश्यले केवलकार सञ्चालन गर्न लागिएको बताए ।

सिद्धार्थ केवलकारमो बुटवलकै १८५ भन्दा बढि लगानीकर्ता छन् । देउराली डाँडादेखि दुई किलोमिटर केबलकारको सात मिनेटको यात्रापछि नुवाकोट पुग्न सकिने छ । यस केबलकारको निर्माणपछि प्रत्यक्ष रुपमा ६० जना र अप्रत्यक्ष रुपमा १ सय ५० जनाभन्दा बढीले रोजगारी प्राप्त गर्ने कम्पनीको दावी छ ।

बुटवल बजारको अवलोकन गर्दै हरियाली जंगलको माथीबाट गरिने केबलकारको यात्रामा प्राकृतिक दृश्यावलोकन समेत गर्न सकिने भएकाले पनि नुवाकोटमा सिद्धार्थ केवलकार सहजै सञ्चालन हुने प्रा.लीले बताएको छ ।

मणिमुकुन्द सेनको गृष्मकालीन दरबार रहेको नुवाकोट बुटवलदेखि नजिकै रहेर पनि ओझेलमा परिरहेकोले केबलकारको संचालनपछि नुवाकोटको विकासमा समेत टेवा पुग्ने छ ।

२५ वटा गोण्डला रहेको केबलकारमा शुरुआतमा दैनिक ५ हजार यात्रु आवतजावत गर्ने र अधिकतम दैनिक १० हजार सम्म यात्रु बोक्न सक्ने क्षमता छ । केवलकार १ दशमलव ९४ किलाेमिटर लम्बाइकाे हुनेछ ।

पाल्पाको नुवाकोट बुटवलको वडा नं १ र १३ को शिवालिक चुरे श्रृखलाको पानी ढलको भूभाग हो । यो ऐतिहासिक र पुरातात्विक स्थल हो । नुवाकोटको पूर्वी भाग पाल्पाको दोभान क्षेत्र १ करोड १० लाख वर्ष पुरानो मानव पुर्खा रामापिथेकशको उद्गमस्थल हो । कर्णेल उजिर सिंह थापाले नुवाकोटगढीमा मोर्चावन्दी गरेर अंग्रेजलाई परास्त गरेका थिए ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित