गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे…                
समाचार :

डीएसपी ठगबहादुरले घुस खाएको ठहर, २ वर्ष कैद र साढे ८ लाख जरिवानाको फैसला

काठमाडौं । घुस लिएको आरोप लागेका नेपाल प्रहरीका तत्कालीन डीएसपी ठगबहादुर केसी दोषी ठहर भएका छन् ।

विशेष अदालतले मंगलबार केसीलाई २ वर्ष कैद र आठ लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको हो ।

विशेषका न्यायाधीशहरु टेकनारायण कुँवर, तेजनारायणसिंह राई र रीजेन्द्र थापाको संयुक्त इजलासले केसीलाई घुस लिएको आरोपमा दोषी ठहर गरेको छ ।

केसीलाई यसअघि नै गृह मन्त्रालयले विभागीय कारबाहीस्वरुप बर्खास्त गरिसकेको छ । रुपन्देहीको इलाका प्रहरी बुटवलमा प्रमुख भएका बेला केसीले बरामद भएको सुन फिर्ता गर्ने क्रममा घुस मागेका थिए ।

२०७९ मंसिर २५ गते बुटवल उपमहानगरपालिका- ५ हाटबजार नजिकबाट ३४ तोला २१ लाल ७ प्वाइन्ट सुन लिएर गएका उनले सुन फिर्ता लगेको कागज गराए पनि सुन फिर्ता नगरी आफैंसँग राखेका थिए । त्यस क्रममा उनले दुई जनासँग क्रमशः ८ लाख ५० हजार र ९ लाख ५० हजार गरी १८ लाख रुपैयाँ घुस लिएको अख्तियारले आरोपपत्रमा उल्लेख गरेको थियो ।

अख्तियारले १८ लाख रुपैयाँ विगो राखेर उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा हालेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित