लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

चारपाला सामुदायिक वन उपभोक्ता समूह द्वारा विद्यालयलाई डेक्स बेन्च प्रदान

बुटवल । चारपाला सामुदायिक वन उपभोक्ता समूह बुटवल उपमहानगरपालिका वडा नम्बर– १२ विद्यालयको शैक्षिक सुधारमा जुटेको छ ।

वनले मंगलबार शुद्धोधन गाउंपालिका वडानम्बर–६ गुरौलीस्थित गुरौलिया माध्यामिक विद्यालयललाई डेक्स बेन्च हस्तान्तरण गरेको छ। वनका अध्यक्ष जगतनाथ शर्माले वनले शैक्षिक सुधारको लागि विद्यालयहरुलाई डेक्स बेन्च हस्तान्तरण गर्दै आएको बताए ।

मंगलबार गुरौलियमा माविलाई ३७ सेट डेक्कबेन्च उपलब्ध गराइएको उनको भनाइ छ । कार्यक्रममा वडा अध्यक्ष उपेन्द्र साहनीले  आगामी दिनमा पनि वनको विद्यालयललाई सहयोगआवश्यक रहेको बताए । वनका पूर्व अध्यक्ष ओमप्रकाश ठाकुरले वनलेसंरक्षणबाट बचेको रकमबाट विधालय र सामुदायिक विकास गर्दै आएको बताए । अर्कापूर्व अध्यक्ष दुर्गा सुबेदीले साधन र वनको स्रोतले भ्यायसम्म सामाजिक कार्य गर्दैजानुपर्ने बताए ।

विद्यालयका प्रधानाध्यापक कृृष्णप्रसाद ज्ञवालीले विद्यालय आगामीदिनमा पनि सहयोगको अपेक्षा गरिएको बताए । यसैगरी वनले शुद्धोधनकै राधाकृष्ण बालआधारभूत विद्यालयलाई १२ थान बालमैत्री टेबल हस्तान्तरण गरेको छ । वनका उपाअध्यक्षरामकुमारी पौडेलको स्वागत तथा सचिव दुर्गा पाठकको सञ्चालनमा कार्यक्रम भएको थियो । वन विभिन्न टोल विकास संस्था, धार्मिक संस्था, जेष्ठ नागरिक मिलन केन्द्र, संस्कृतिविद्यापिठ, विरामीहरुलाई उपचारमा सहयोग गर्दै आएको छ । उपभोक्ताको हिसावलेचारपाला देशकै ठूलो सामुदायिक वन हो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित