रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे                
समाचार :

लुम्बिनीमा माओवादीका जोखबहादुर महरा मुख्यमन्त्री बन्दै

सत्ता गठबन्धन दलबीच भएको केन्द्रीय सहमति अनुसारमा लुम्बिनीमा नेकपा माओवादी केन्द्रले मुख्यमन्त्रीको पद पाउने भएको छ ।

सहमती अनुसार अब संसदीय दलका नेता एवं पूर्वअर्थमन्त्री जोखबहादुर महरा मुख्यमन्त्री बन्दै छन् ।

 नेकपा माओवादी केन्द्रका लुम्विनी प्रदेश अध्यक्ष सुदर्शन बरालले  लुम्विनी प्रदेशमा नेकपा माओवादी केन्द्रको नेतृत्वमा सरकार बनाउने सहमती भएको बताए।

नेकपा एमाले अध्यक्ष र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका बिचमा भएको सहमती अनुसार  महरा लुम्विनी प्रदेशको मुख्यमन्त्री बन्ने बरालले बताए ।

उनी रोल्पा क्षेत्र नम्बर १ (१)बाट निर्वाचित हुन् । महरा यसअघि एमाले नेता लीला गिरी नेतृत्वको सरकारमा अर्थमन्त्री बनेका थिए ।

माओवादीले फागुन २३ गते समर्थन फिर्ता लिएपछि कांग्रेसका मुख्यमन्त्री चौधरी अल्पमतमा छन् । चैत २२ गतेभित्र मुख्यमन्त्री चौधरीले विश्वासको मत लिनुपर्छ । तर, नयाँ गठबन्धनमा एमाले, माओवादी, जसपा, नेकपा एस र एक जना ‘माओवादीनिकट’ स्वतन्त्र प्रदेश सभा सदस्यलाई समेटेर सरकार बनाउने तयारी भइरहेको छ । सत्तापक्षका दलहरूले नागरिक उन्मुक्तिले पनि माओवादी नेतृत्वमा बन्ने सरकारलाई समर्थन गर्ने दाबी गर्दै आएका छन् । तर, नागरिक उन्मुक्ति भने अनिर्णित छ ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा राप्रपाका एक प्रदेशसभा सदस्य निलम्बनमा परेपछि अहिले ८६ कायम छ । सरकार गठन गर्न कम्तीमा ४४ प्रदेशसभा सदस्य आवश्यक पर्छ । लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादीका सभामुखसहित ११, नागरिक उन्मुक्तिका ४, राप्रपा, लोसपा, जनमत र जसपाका ३/३, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका १/१ र स्वतन्त्रबाट १ प्रदेशसभा सदस्य निर्वाचित छन् ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित