बुटवलमा जेन जी पुस्ताको प्रदर्शन प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु शोरुम उद्घाटनअघि नै बुटवलमा ‘प्रोटोन ई.मास सेभेन’ ईभी १० वटा बिक्रि रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य                
समाचार :

अन्नपूर्ण सहकारीद्धारा निःशुल्क स्वास्थ्य शिविर

बुटवल । बुटवल–७ दीपनगरस्थित अन्नपूर्ण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सोमबार बुटवलमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ ।

६७ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर सहकारीले शिविर आयोजना गरिएको थियो । सो अवसरमा बोल्दै सहकारी संघ, रुपन्देहीका अध्यक्ष भीमप्रसाद तुलाचनले बुटवलमा सहकारी अब्बल रहेको बताए । उनले सहकारी आर्थिक कारोबारमा मात्र केन्द्रित नभई सामाजिक काम पनि गर्दै जानुपर्ने बताए ।

शिविरमा सुगर, प्रेसर, आँखा र रगतको जाँच गरी औषधि वितरण गरिएको सहकारीका अध्यक्ष बालकृष्ण बस्यालले जानकारी दिए ।

सहकारीका ६०० जना शेयर सदस्य र स्थानीयहरुले शिविरबाट फाइदा लिएको अध्यक्ष बस्यालको भनाइ छ । शिविरमा डा.अखिलेस यादव र ल्याव क्षेत्रबाट रमेश पाण्डेको टीमले चेकजाँच र उपचार गरेका थिए ।

सहकारीले हरेक महिना सामाजिक कार्य गर्दै आएको सहकारीका सचिव खिमराज ज्ञवालीले बताए ।

सहकारीका सदस्य यामलाल मरासिनीले सहकारी मजबुद र बलियो रहेको बताउँदै अब्बल रुपमा अघि बढेको बताए । सहकारीले लगतै ६० वर्ष माथिका जेष्ठ सदस्यलाई तिर्थाटन र विभिन्न प्रजातीका विरुवा वितरण गर्ने योजना पनि बनाएको छ । सहकारी दिवसमा हरेक वर्ष शिविर गर्दै आएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित