३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

मेटल फेव्रीकेशन एसोसिएसनको अध्यक्षमा सन्त बहादुर कवंर

बुटवल । मेटल फेब्रिकेशन एसोसियसन रुपन्देहीको कार्यालय भवन उद्घाटन एवम प्रथम साधारण सभा तथा अधिबेशन सम्पन्न भएको छ । संस्थाका संस्थापक अध्यक्ष सन्त बहादुर कवंरको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथी तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाण रहेका थिए । प्रमुख अतिथि खाणले रुपन्देही मेटल फेब्रीकेशन एसोसियसनले रुपन्देही कार्यक्षेत्र बनाएर पनि तिलोत्तमामै कार्यालय स्थापना एवम संस्था दर्ता गरेको प्रती खुशी व्यक्त गरे । उनले एसोसियसनलाई नगरपालिकाले सधै साथ र सहयोग गर्ने बताउँदै व्यवसायिक हत हितका निम्ति संस्थाले चालेको कदम उत्कृष्ट रहेको बताए।

कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्षहरु विभिन्न सामाजिक संस्थाका प्रतिनिधीहरु प्रहरी प्रशासन पत्रकार , कानुनी सल्लाहकार एवम व्यवसायीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमको स्वागत मन्तव्य शंकर केसीले राखेका थिए । त्यस्तै संस्थाको बारेमा ठाकुर पन्थीले जानकारी गराएका थिए भने सञ्चालन सचीव विश्वनाथ पाण्डेले गरेका थिए।

संस्थाको अधिबेशनबाट अध्यक्षमा सन्त बहादुर कंवर उपाध्यक्षमा मेघ बहादुर घिमिरे कोषाध्यक्षमा किसन बहादुर केसी सचिबमा विश्वनाथ पाण्डे सहसचिबमा अमृता गौतम सदस्यहरुमा जगदिश चौधरी थारु कृष्ण प्रसाद ढकाल , सुरेश केसी , राधा पौडेल त्यस्तै लेखा समिती संयोजकमा यादव पाण्डे ९क्षितिज० सदस्यहरुमा लक्ष्मण तिमिल्सिना र सुवास भट्टराई निर्वाचित भएका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित