रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित                
समाचार :

पाल्पामा हावाहुरीबाट ढलेको रुखले स्कुटर च्यापिँदा १ को मृत्यु, ३ जना घाइते

पाल्पामा शनिबार अपराह्न हावाहुरीले रुख ढलाउँदा सडकमा गुडिरहेको स्कुटरमा सवार एक युवकको मृत्यु भएको छ । हावाहुरी चलेपछि रोकेर राखेको मोटरसाइकल च्याप्दा तीन जना घाइते भएका छन् ।

पाल्पामा हावाहुरीबाट ढलेको रुखले स्कुटर च्यापिँदा १ को मृत्यु, ३ जना घाइते
सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा-डुम्रे सडक जरेपिपल नजिकै उत्तीस र सल्लाको रुख ढलेर लाग्दा स्कुटर चालक तानसेन नगरपालिका ५ कैलाशनगरका २० वर्षीय भुवन सिंजालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लु ८१प ११३६ नम्बरको स्कुटर चालक भुवन पाल्पाबाट बुटवलतर्फ जाँदै गर्दा हावाहुरीले ओतिने क्रममा च्यापिएको प्रहरीले जनाएको छ । हावाहुरीकै कारण सोही स्थानमै रोकिराखेको ग १०प ५७२१ नम्बरको स्कुटर र अर्को एक मोटरसाइकल पनि च्यापिएको छ ।

पानीसहित आएको हावाहुरीले रुख पल्टाएका कारण केही समय पाल्पा-बुटवल सिद्धार्थ राजमार्ग अवरुद्ध भएको यात्रु देवेन्द्र पौडेलले जानकारी दिए । स्कुटर र मोटरसाइकलमा सवार अर्का तीन जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित