लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा                
समाचार :

पाल्पामा हावाहुरीबाट ढलेको रुखले स्कुटर च्यापिँदा १ को मृत्यु, ३ जना घाइते

पाल्पामा शनिबार अपराह्न हावाहुरीले रुख ढलाउँदा सडकमा गुडिरहेको स्कुटरमा सवार एक युवकको मृत्यु भएको छ । हावाहुरी चलेपछि रोकेर राखेको मोटरसाइकल च्याप्दा तीन जना घाइते भएका छन् ।

पाल्पामा हावाहुरीबाट ढलेको रुखले स्कुटर च्यापिँदा १ को मृत्यु, ३ जना घाइते
सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा-डुम्रे सडक जरेपिपल नजिकै उत्तीस र सल्लाको रुख ढलेर लाग्दा स्कुटर चालक तानसेन नगरपालिका ५ कैलाशनगरका २० वर्षीय भुवन सिंजालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लु ८१प ११३६ नम्बरको स्कुटर चालक भुवन पाल्पाबाट बुटवलतर्फ जाँदै गर्दा हावाहुरीले ओतिने क्रममा च्यापिएको प्रहरीले जनाएको छ । हावाहुरीकै कारण सोही स्थानमै रोकिराखेको ग १०प ५७२१ नम्बरको स्कुटर र अर्को एक मोटरसाइकल पनि च्यापिएको छ ।

पानीसहित आएको हावाहुरीले रुख पल्टाएका कारण केही समय पाल्पा-बुटवल सिद्धार्थ राजमार्ग अवरुद्ध भएको यात्रु देवेन्द्र पौडेलले जानकारी दिए । स्कुटर र मोटरसाइकलमा सवार अर्का तीन जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित