लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

पश्चिम नेपाल बस व्यसायीमा खरेल समूहको प्यानलै विजयी

पश्चिम नेपाल बस ब्यवसायी प्रालिको निर्वाचनबाट दधिराम खरेल नेतृत्वको प्यानलै बिजयी भएको छ।
प्रालिको चौथो साधारणसभा तथा दोश्रो अधिवेशनमा भएको निर्वाचनबाट खरेल नेतृत्वको प्यानल बिजयी हुदा पदमराज गाहा नेतृत्वको प्यानल पराजीत भएको हो। बर्तमान अध्यक्ष समेत रहेका दधिराम खरेल र पुर्व सञ्चालक पदमराज गाहाको अलग अलग समुह बनाएर उम्मेदवारी दिएका थिए।
प्रालिको निर्वाचन समितीले दिएको जानकारी अनुसार प्रालिको सञ्चालक पदमा बर्तमान अध्यक्ष समेत रहेका दधिराम खरेलले कुल खसेको मत मध्ये १४३६ मत रामचन्द्र भुसालले १४६७मत जिवन कुमार बन्जाडेले १३४७ मत मोहन पिएसले १४४० मत नारायण प्रसाद घिमिरेले १२६३ मत गोपाल बहादुर पौडेलले १३८६ मत चेतनारायण बेल्वासे गोली नारायणले १३८४मत सुरेन्द्र श्रेष्ठले १३२६मत जितेन्द्र खत्रीले १३३१ मत रामचन्द्र खड्काले १२८३ मत र नारायण भण्डारीले १२५१ पाएर बिजयी भए।
त्यसैगरी रुट सदस्य पदमा भने मिश्रीत परिणाम आएको छ। चैत १४ गते भएको मनोनयनमा रुट नं १ को रुट संयोजकमा जिवन रेग्मी रुट नं २ को संयोजकमा बिधान राज श्रेष्ठ रुट नं ३ बिजय कुमार श्रेष्ठ रुट नं ८ सागर पिएस र रुट नं १६ लिलाधर खराल यस अघि नै निर्विरोध भैसकेका छन् भने । रुट नं ४ को संयोजकमा थमन बहादुर बस्नेत रुट नं ५ कमल बहादुर क्षेत्री रुट नं ६ राम भगत चौधरी, रुट नं ७ शंकर ज्ञवाली ( प्रकाश) रुट नं ९ हिमाल श्रेष्ठ, रुट नं १० युवराज नेपाल रुट नं ११ सुर्य प्रकाश ढुंगाना रुट नं १२ मन बहादुर पौड्याल रुट नं १३टेकाराज भटराई (रामु) रुट नं १४ डोरनाथ ढकाल र रुट नं १५ प्रकाश बन्जाडे बिजयी भएका छन्।
प्रालिको साधारणसभा सुक्रबार लुम्विनी प्रदेशका पुर्व मुख्यमन्त्री लिला गिरीले उद्घाटन गरेका थिए।
दुई हजार १ यातायात ब्यवसायी सदस्य रहेको पश्चिम नेपाल बस प्रालिमा १ हजार ९ सय १ मत खसेको थियो। प्रालिको नियमावली अनुसार निर्वाचित ११ जना सञ्चालकहरु मध्येबाट एक जना अध्यक्ष, प्रवन्ध सञ्चालक एकजना लेखा सञ्चालक चयन गर्ने ब्यवस्था छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित