३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

रुपन्देहीमा ट्याक्सी भाडा निर्धारण, प्रतिकिलोमिटर ४५ रुपैयाँ

रुपन्देहीमा सञ्चालन हुने ट्याक्सीको भाडादर प्रतिकिलोमिटर ४५ रुपैयाँ कायम गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्लामा सञ्चालित टयाक्सीको भाडादर कायम गरेको हो ।

जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाईको अध्यक्षतामा बसेको बैठकले सडक सवारी, यातायात तथा परिवाहन ऐन, २०६४ को उपदफा ९० बमोजिम भाडा निर्धारण गरेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।

रुपन्देही जिल्लाभित्र सञ्चालन हुने पञ्जीकृत भएका सम्पूर्ण ट्याक्सी सञ्चालन गर्दा प्रतिकिमि ४५ रुपैयाँ लिने र प्रयोग गरेबापत न्यूनतम एक सय ५० रुपैयाँ रहनेछ ।

त्यसैगरी, पाँच किमिसम्म तीन सय रुपैयाँ, सिटी एरियामा पाँचदेखि १० किमिसम्म पाँच सय रुपैयाँ र त्योभन्दा माथि प्रतिकिलोमिटर ४५ रुपैयाँका दरले भाडादर बढाउने निर्णय गरेको प्रजिअ अर्यालले बताए ।

यसैगरी, रातिको समय अर्थात् १० बजेदेखि बिहान चार बजेसम्म प्रयोग गरेबापत आउने रकममा त्यसको ५० प्रतिशत थप गरेर लिन पाउने यातायात व्यवस्था कार्यालय रुपन्देहीका मेकानिकल इन्जिनियर नवीन घिमिरेले बताए ।

पेट्रोलियम पदार्थको मूल्य १० प्रतिशतसम्म थपघट भएमा अहिलेकै मूल्य कायम रहने र त्यसभन्दा बढी–घटी भएमा पुनः मूल्य कायम गर्ने बैठकले निर्णय गरेको छ ।

त्यसैगरी, बैठकले ट्याक्सीमा अनिवार्य मिटर जडान गर्न तीन महिनाको समय दिने र साउन १ गतेदेखि मिटर जडान अनिवार्य रहेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए । ट्याक्सी व्यवसायीलाई संयमित रहेर सेवा प्रवाह गर्न आग्रह गरे ।

बैठकमा जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक उमाकान्त चपाई, जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख गणेश अर्याल, जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सदस्य चिरञ्जीवी राना, प्रमुख सडक पूर्वाधार विकास रुपन्देही कार्यालयका लालु गिरी, प्रमुख उपरीक्षक जिल्ला प्रहरी कार्यालय रुपन्देहीका रञ्जितसिंह राठोर, जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख बजिरसिंह विष्टलगायतले ट्याक्सी सेवा सञ्चालनका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित