बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित                
समाचार :

बागेश्वरी कला केन्द्र तथा संगीत एकेडेमी २५ औं वर्षमा

वागेश्वरी कला तथा संगीत एकेडेमी बुटवलले रजत जयन्ती मनाउने भएकाे छ ।

नयाँ वर्ष २०८१ वैशाख ८ गते विविध सांस्कृतिक कार्यक्रमका साथ भव्यरूपमा स्थापनाकाे २५ वर्ष पुगेकाे अवसरमा रजत जयन्ती मनाउन लागेकाे एकेडेमीले जनाएको छ ।

शुक्रबार एकेडेमी परिसरमा पत्रकार भेटघाट कार्यक्रमकाे अायाेजन गरि साे कुराकाे जानकारी गराइएको हाे । कार्यक्रममा चर्चित बाँसुरी वादक नगेन्द्र विक्रम राई , युवा तबला वादक निमेश कपालीको विशेष प्रस्तुति रहने छ । यस्तै भरत नाट्यमका कलाकार युवराज गुरुङको शास्त्रीय नृत्य , विशाल भट्टराईको ध्रुपद गायनको प्रस्तुति र पण्डित डा. शरदमणि त्रिपादी लगायतको प्रस्तुति रहने सञ्चालक लालिमा श्रेष्ठले जानकारी दिइन् ।

कार्यक्रममा सबै विधाबाट विशेष प्रस्तुति रहनुका साथै एकेडेमीका विद्यार्थी र प्रशिक्षकहरूकाे प्रस्तुति रहने जनाइएको छ । कार्यक्रममा एकेडेमीका सञ्चालक श्रेष्ठले वागेश्वरीका विद्यार्थीहरूले राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमै नेपाललाई चिनाएकाे बताइन् ।

उनले पहिले गीत गाउने र नाच्ने रहर भएकाहरू लुकेर अाउनु पर्ने बाध्यता विस्तारै परिवर्तन हुँदै अविभावकले अहिले अाफैले एकेडेमीमा बालबालिकालाई लिएर अाउने उल्लेख गर्दै बुटवलकाे विकाससँगसँगै कला र संगीतकाे पनि विकास हुन जरुरी रहेकाे बताइन् ।

२५ वर्षको लामाे समयमा एकेडेमीले विभिन्न उतारचढावका साथ विद्यार्थीहरूलाई कला तथा संगीतकाे ज्ञान प्रदान गरिरहेकाे जानकारी दिइन् । हाल एकेडेमीको सञ्चालन र नाममा थाेरै फेरबदल मात्रै भएकाे तर उदेश्य भने कला र संगीतकाे ज्ञान दिने व्यवस्थापक दावा शेर्पा (दर्पण) ले प्रष्ट पारे ।

हाल एकेडेमीले गायन , नृत्य , बाध्यवादन र चित्रकला विषयमा कक्षाहरू सञ्चालन गरिरहेकाे छ भने गत वर्षबाट अविभावक र विद्यार्थीकाे मागअनुसार स्कुल बस पनि सञ्चालन गरेकाे व्यवस्थापक शेर्पाले बताए । एकेडेमीले बुटवलमा मात्रै नभएर तिलाेत्तमा ५ मणिग्राममा पनि विगत ४ वर्षदेखि सेवा दिइरहेको छ ।

साे क्षेत्रका बालबालिकाहरूकाे सुविधालाई मध्यनजर गरी गायन , नृत्य र वाध्यवाधनका कक्षाहरू सञ्चालन गरिरहेकाे छ । हाल एकेडेमीकाे बुटवल र मणिग्राम शाखाका विभिन्न विधामा १५० जना विद्यार्थीहरू रहेका छन् भने कर्मचारी र प्रशिक्षक १५ जना छन् ।

हाल प्रयाग संगीत समिति इलाहवादकाे परीक्षा प्रणाली रहेकाेमा अब छिट्टै नेपालकाे शास्त्रीय संगीत परीक्षा प्रणालीमा जाने याेजना रहेकाे सञ्चालक श्रेष्ठले बताइन् । साथै साेही समारोहमा सम्मान कार्यक्रम पनि गरिने सञ्चालक श्रेष्ठको भनाइ छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित