लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

देवशिद्ध खानेपानी तथा सरसफाई उपभोक्ता संस्था द्वारा सार्वजनिक शौचालय र धारा निर्माण

बुटवल  । देवशिद्ध खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बुटवल–११ ले सार्वजनिक शौचालय र खानेपानीको धारा निर्माण गरेको छ । जिल्लामै पहिलो पटक बढी जनघनत्व भएको देवशिद्ध चोकमा शौचालय र खानेपानीको धारा निर्माण गरी सञ्चालनमा ल्याएको हो । धारा र शौचालयको शुक्रबार बिहान बुटवल उपमहानगरपालिका वडा नम्बर–११ का कार्यवहाक अध्यक्ष युवराज रानाले उद्घाटन गरे ।

सो अवसरमा बोल्दै का.वा अध्यक्ष रानाले सरसफाईको क्षेत्रमा खानेपानी आयोजनाहरुले अझै काम गर्न आवश्यक रहेको बताए । उनले त्यसको लागि स्थानीय सरकारको तर्फबाट सक्दो सहयोग गर्ने स्पष्ट पारे । सञ्चालनमा आएको शौचालयको रेखदेख र सरसफाई नियमित आफूहरुले गर्दै जाने देवशिद्ध खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष भरत पाठकले बताए ।

स्थानीय समाजसेवी तथा जग्गादाता दीपक पन्थीले दिएको जग्गामा शौचालय बनेको छ । शौचालयको लागत साढे चार लाख रुपैयाँ रहेको संस्थाका सचिव लोकराज शर्माले जानकारी दिए । खानेपानी संस्थाले विभिन्न सामाजिक कार्यक्रमा पनि निरन्तर काम गर्दै आएको सचिव शर्माको भनाइ छ । कार्यक्रममा देवशिद्ध युवा क्लबका अध्यक्ष मनोज वि.क. बुटवल उपमहानगरपालिका कार्यपालिका सदस्य हेमा थामी, जग्गादाता दिपक पन्थी लगायतले बोलेका थिए । संस्थाका वरिष्ठ उपाध्यक्ष लालबहादुर थापाको अध्यक्षता तथा सचिव लोकराज शर्माको सञ्चालनमा कार्यक्रम भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित