रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित                
समाचार :

देवशिद्ध खानेपानी तथा सरसफाई उपभोक्ता संस्था द्वारा सार्वजनिक शौचालय र धारा निर्माण

बुटवल  । देवशिद्ध खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बुटवल–११ ले सार्वजनिक शौचालय र खानेपानीको धारा निर्माण गरेको छ । जिल्लामै पहिलो पटक बढी जनघनत्व भएको देवशिद्ध चोकमा शौचालय र खानेपानीको धारा निर्माण गरी सञ्चालनमा ल्याएको हो । धारा र शौचालयको शुक्रबार बिहान बुटवल उपमहानगरपालिका वडा नम्बर–११ का कार्यवहाक अध्यक्ष युवराज रानाले उद्घाटन गरे ।

सो अवसरमा बोल्दै का.वा अध्यक्ष रानाले सरसफाईको क्षेत्रमा खानेपानी आयोजनाहरुले अझै काम गर्न आवश्यक रहेको बताए । उनले त्यसको लागि स्थानीय सरकारको तर्फबाट सक्दो सहयोग गर्ने स्पष्ट पारे । सञ्चालनमा आएको शौचालयको रेखदेख र सरसफाई नियमित आफूहरुले गर्दै जाने देवशिद्ध खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष भरत पाठकले बताए ।

स्थानीय समाजसेवी तथा जग्गादाता दीपक पन्थीले दिएको जग्गामा शौचालय बनेको छ । शौचालयको लागत साढे चार लाख रुपैयाँ रहेको संस्थाका सचिव लोकराज शर्माले जानकारी दिए । खानेपानी संस्थाले विभिन्न सामाजिक कार्यक्रमा पनि निरन्तर काम गर्दै आएको सचिव शर्माको भनाइ छ । कार्यक्रममा देवशिद्ध युवा क्लबका अध्यक्ष मनोज वि.क. बुटवल उपमहानगरपालिका कार्यपालिका सदस्य हेमा थामी, जग्गादाता दिपक पन्थी लगायतले बोलेका थिए । संस्थाका वरिष्ठ उपाध्यक्ष लालबहादुर थापाको अध्यक्षता तथा सचिव लोकराज शर्माको सञ्चालनमा कार्यक्रम भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित