गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे…                
समाचार :

धनगढीबाट काठमाडौं उडेको श्री एयरको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण

धनगढी विमानस्थलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंका लागि उडेको श्री एयरको जहाज भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी कमजोर हुँदा जहाज भैरहवास्थित विमानस्थलमा अवतरण गरेको हो।

७७ जना यात्रुसहित बिहीबार बिहान ७ बजेर १२ मिनेटमा धनगढी विमानस्थलबाट जहाज उडेको थियो।

श्री एयरलाइन्सका धनगढी ईञ्चार्ज गजेन्द्र शाहीका अनुसार काठमाडौंको आकाश खुलेको सूचनापछि धनगढीबाट जहाज उडेको थियो। तर काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण गर्न सकेन। मौसम बिग्रिएपछि जहाजलाई आकासमै होल्ड गरिएको थियो।

केही समयपछि जहाजलाई भैरहवा विमानस्थलमा अवतरण गरिएको उनले बताए। मौसम सफा भएका बेला धनगढीबाट त्रिभुवन विमानस्थलमा जहाज करिब ५५ मिनेटमै आइपुग्छ।

जहाज बिहान ९ बजेर ३४ मिनेटमा भैरहवास्थित विमानस्थलमा अवतरण गरेको थियो।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित