प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु शोरुम उद्घाटनअघि नै बुटवलमा ‘प्रोटोन ई.मास सेभेन’ ईभी १० वटा बिक्रि रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य पाल्पाको तिनाउमा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु                
समाचार :

पाल्पामा घाँटी रेटेर युवतीको विभत्स हत्या

बुटवल । पाल्पामा एक युवतीको घाँटी रेटेर हत्या गरिएको छ ।

पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर १ ख्याहामा त्यी युवतीको हत्या भएको हो । घटना मंगलबार साँझको हो ।

रिब्दीकोट गाउँपालिका वडा नम्बर १ ख्याहाको शारदा मावि कक्षा १२ मा अध्ययनरत १९ वर्षीया पदमा सुनारको बीभत्स हत्या गरेर फालेको अवस्थामा शव फेला परेको हो ।

घर नजिकैको पँधेरोमा नुहाउन भनेर गएकी त्यी युवतीको धारिलो हतियारले शरिरका विभिन्न भागमा प्रहार गरेर विभत्स हत्या गरिएको अवस्थामा उनको शव फेला परेको प्रहरीले बताएको छ ।

घरबाट नुहाँउन निस्केकी त्यी युवती साँझ अवेर सम्म पनि घर नफर्केपछि परिबार र छिमेकीले खोजी गरेका थिए । खोज्ने क्रममा उनी हत्या भएको अवस्थामा भेटिएकी थिईन । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दले घटना माथी अनुसन्धान भइरहेको बताए ।

 

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित