लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

बिहे गरेको ४ महिनामै २१ वर्षीया पत्नीको हत्या, २२ वर्षीय युवक पक्राउ

बाँकेको कोहलपुरमा पत्नी हत्याको आरोपमा एक युवक पक्राउ परेका छन्।

कोहलपुर नगरपालिका–१४ पार्वतीपुरमा डेरागरी बस्दै आएका २२ वर्षीय अनिल बिकलाई पत्नी हत्याको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

बर्दियाको बाँसगढी- ४ घर भइ हाल कोहलपुर- १४ मा बस्दै आएका बिकले गएराति १० बजे २१ वर्षकी श्रीमती सुशीला सुनारको हत्या गरेका जिप्रका बाँकेका डीएसपी नारायण डाँगीले जानकारी दिए।

‘घरायसी विवादमा उनले पत्नीको हत्या गरेको देखिन्छ,’ डीएसपी डाँगीले नेपालखबरसँग भने, ‘हामी घटनाको थप अनुसन्धानकै क्रममा छौँ।’

उनीहरुको चार महिनाअघि मात्रै विवाह भएको प्रहरीले जनाएको छ। सुनारको माइत जाजरकोट हो।

‘डेरामा उनीहरु दुईजना मात्रै बस्दा रहेछन्,’ डाँगीले भने, ‘राति पत्नीसँग झगडा हुँदा अनिलले धारिलो हतियारले ढाडमा प्रहार गरेछन्। गम्भीर अवस्थाकी पत्नीलाई उनैले उपचारको लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर पुर्याएको पाइएको छ। अस्पतालमा उपचारको क्रममा सुशिलाको मृत्यु भएको हो।’

अनिल कोहलपुर- १४ पार्वतिपुरस्थित हेम्पाइप फ्याक्ट्रीमा काम गर्ने मजदुर हुन्।

प्रहरीले अनिललाई अस्पताल परिसरबाटै नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यलय कोहलपुरका प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिए।

उनीहरुको डेराबाट प्रहरीले रगत लागेको धारिलो हतियार पनि बरामद गरिएको जनाएको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित