लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा                
समाचार :

दधिराम खरेल नेतृत्वको संयुक्त व्यवसायी प्यानल घोषणा

  • बुटवल । पश्चिम नेपाल बस व्यवसायी प्रा.लि. को आशन्न निर्वाचनमा दधिराम खरेलको नेतृत्वमा संयुक्त व्यवसायी प्यानल घोषणा गरिएको छ । प्रा.लि.को दोस्रो अधिबेशनमा जसको नीति उसको नेतृत्व भन्ने नारा सहित खरेलको नेतृत्वमा सक्षम, दुरदर्शी, अनुभवी संयुक्त व्यवसायीहरुको प्यानल घोषणा गरिएको हो ।

    बुटवलमा एक कार्यक्रमको आयोजना गरी घोषणा गरिएको संयुक्त प्यानलबाट हालका अध्यक्ष दधिराम खरेललाई प्रा.लि.को अध्यक्षमा अघि सारिएको छ ।

    त्यस्तै प्रा.लि.को सञ्चालक समितिमा जीवन कुमार बञ्जाडे, मोहन पि.एस. रामचन्द्र खड्का, जितेन्द्र खत्री, नारायण भण्डारी, नारायणप्रसाद घिमिरे, गोपाल बहादुर पौडेल, चेत नारायण बेलबासे, रामचन्द्र भुसाल र सुरेन्द्र श्रेष्ठ उम्मेदवारी सार्वजनिक गरेको छ । प्रा.लीको दोस्रो अधिबेशन चैत १६ र १७ गते हुंदैछ ।

    प्यानल घोषणा कार्यक्रममा बोल्दै अध्यक्षका उम्मेदवार दधिराम खरेलले प्रा.लि.लाई अझ सक्षम र सुदृढ बनाउंन आफ्नो उम्मेदवारी रहेको बताए ।

    समितिबाट कम्पनी जांदा धेरै ठुलो आर्थिक भार परेको अवस्थामा त्यसलाई समधान गरेर कम्पनीलाई सक्षम बनाएको बताए । दुर्घटना न्यूनिकरण, सवारी साधनको विमा पोलिसलाई अझ चुस्त बनाउन आफ्नो नेतृत्वको टिमले काम गर्ने सो अवसरमा उहांले प्रतिबद्धता जनाए ।

    उनले कम्पनीलाई गतिशिल बनाउंदै व्यवसायिकको पक्षमा काम गर्न समितिकै सदस्यहरुले दिएको जिम्मेवारी पूरा गर्न अध्यक्षमा पुनः उम्मेदवारी दिएको बताए । कम्पनी सफल हुनुमा नेतृत्वकर्ताको मात्र भूमिका नहुने उल्लेख गर्दै खरेलले स्प्रीडमा काम गर्ने सक्षम नेतृत्व टिम आफु संग रहेको बताए ।

    व्यवसाय सञ्चालन नगर्ने तर नेतृत्वमा आउन खोज्नेहरुबाट कम्पनीले उल्लेख्य सफलता हात नपर्ने भन्दै खरेलले आफ्नो टिम व्यवसायीहरुको मात्र टिम रहेको बताए ।

    संयुक्त प्यानलका चुनाव प्रचार प्रसार समितिका संयोजक कृष्णप्रसाद सापकोटाले जुझारु र युवा नेतृत्वको टिमलाई कम्पनीलाई गतिशिल बनाउंदै व्यवसायीको पक्षमा काम गर्ने बताए । २ दिन सम्म चल्ने अधिबेशनमा कम्पनीमा आबद्ध २ हजार २ सदस्यले मतदान गर्नेछन् ।

    तिनाउ न्युज

    तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार

    साताको चर्चित