गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे…                
समाचार :

नेपालमा वैदेशिक लगानी भित्राउन अध्यक्ष ढकालको आग्रह

  • १९ देशका गैरआवासीय राजदूत बसन्तपुरमा
  • बुटवल । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्राउन सहयोग गर्न १९ देशका गैरआवासीय राजदूत र नेपालका लागि अवैतनिक वाणिज्य दूतहरूलाइ आग्रह गरेका छन् ।

    ‘समृद्धिका लागि विश्व शान्ति’ विषयमा लुम्बिनीमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा लुम्बिनी केबलकारको माथिल्लो स्टेशन बसन्तपुरमा आयोजित कार्यक्रममा अध्यक्ष ढकालले वैदेशिक लगानीका लागि नेपालमा अवसरहरू बढिरहेको भन्दै राजदूतहरूको ध्यानाकर्षण गराएका हुन् ।

    अवैतनिक कन्सुलर कप्र्स नेपाल ( एचसिसिएन) का भाइस डीन समेत रहेका अध्यक्ष ढकालले पर्यटन,जलविद्युत, नवीकरणीय ऊर्जा, सूचना प्रविधि, कृषि, पूर्वाधार विकास जस्ता क्षेत्रमा नेपालले बाह्य लगानी प्रवद्र्धन गरिरहेकाले लगानीकर्ताहरु जुटाउन सामूहिक पहल गर्नु पर्ने समय आएको बताए ।

    कानुन परिमार्जन र नीतिगत सुधारका माध्यमबाट लगानीमैत्री वातावरण निर्माणमा सरकारले पहल गरिरहेकाले बाह्य लगानीकर्ताका लागि थप अवसरहरू सृजना भएको पनि अध्यक्ष ढकालको भनाइ थियो ।

    बुद्धको जन्मस्थल लुम्बिनी पवित्र आध्यात्मिक स्थल सहित यो क्षेत्रको सांस्कृतिक र आर्थिक संवाहकको रूपमा प्रवद्र्धन गर्न समेत अध्यक्ष ढकालले लुम्बिनी कन्केलभ सहयोगी हुने विश्वास व्यक्त गरे । विश्वको जनसंख्याको एक तिहाई बौद्ध धर्मावलम्बी रहेकाले उनीहरुलाई लुम्बिनी ल्याउन सरकारले विशेष योजना बनाउनुपर्ने ढकालले बताए ।

    अध्यक्ष ढकालले नेपालमा हिल स्टेशनहरुमा केवलकार संगै लक्जरी होटल र क्यासिनोले भारतीय र तेस्रो मुलुकका पर्यटकलाई आकर्षित गर्न सकिने भएकाले आईएमई ग्रुपले सातै प्रदेशमा केबलकार बनाउने क्रममा रहेको बताए ।

    निकट भविष्यमा नेपाल सरकार, लगानी बोर्ड र उद्योग बाणिज्य महासंघ समेतले आयोजना गर्न गइरहेको लगानी सम्मेलनलाई नेपालमा विदेशी लगानी भित्राउने अवसरको रुपमा सदुपयोग गर्न पनि अध्यक्ष ढकालले आग्रह गरेका छन् । यो सम्मेलनले गौतमबुद्ध विमानस्थलबाट अन्तराष्ट्रिय उडान नियमित गर्न सरकारलाई दवाव पुग्ने पनि ढकालले औंल्याए ।

    सो अवसरमा अवैतनिक कन्सुलर कप्र्स नेपालका डिन विष्णु अग्रवालले भारतीय र अन्य देशका पर्यटकका लागि नेपालका हिल स्टेशनहरुमा पर्यटकीय पुर्वाधारले विदेशी पर्यटक आकर्षित गर्न सक्ने असीमित संभावना रहेको बताए । उनले निजी क्षेत्रको लगानीबाट हुने आम्दानीले सरकारलाई पनि प्रतिफल दिने भएकाले नीजि क्षेत्रमैत्री नीति र कानून बन्नुपर्ने बताए ।

    कार्यक्रममा अस्ट्रिया, बुल्गेरिया, इस्टोनिया, चेक रिपब्लिक, मरिसस, मंगोलिया, इन्डोनेसिया, तान्जानिया, सर्बिया, स्लोभेनिया, साइप्रस, आयरल्यान्ड, स्पेन, लातिभिया, कोस्टारिका, पोल्यान्ड र डोमिनिकन रिपब्लिक रोमानियाका गैरआवासीय राजदूतहरू सहभागी थिए ।
    विश्वमा शान्ति र समृद्धिको सन्देश दिन लुम्बिनीमा सम्मेलन गरिएको आयोजकले जनाएका छन् ।

    तिनाउ न्युज

    तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार

    साताको चर्चित