गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे…                
समाचार :

नेपाल निजामती कर्मचारी संगठनको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

बुटवल । नेपाल निजामती कर्मचारी संगठन रुपन्देहीले खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ११औं नवराज–दिलिप स्मृति दिवसको अवसरमा हेभि इक्युपमेन्ट डिभिजन बुटवलको व्यवस्थापन तथा रक्त सञ्चार केन्द्र बुटवलको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रम नेपाल निजामति कर्मचारी संगठन रुपन्देहीका अध्यक्ष प्रेमप्रसाद खनालको अध्यक्षता, कर्मचारी संगठनका केन्द्रीय सचिव विष्णु कुमारी अधिकारीको प्रमुख आतिथ्यता, नेपाल निजामति कर्मचारी संगठनका केन्द्रिय सचिवला सदस्य काशीराम आचार्य र दिपक शर्मा पौडेल रुपन्देही ईन्चार्ज नारायण प्रसाद भण्डारी हेभि इक्युपमेन्ट डिभिजन प्रमुख टेकराज बोहरा लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले संगठनले संचालन गर्ने यस्ता कार्यक्रमले जनतासँग ट्रेड युनियन भन्ने नाराले सार्थकता पाएकोले संगठन यस्ता कार्यक्रम निरन्तर गरिरहन संगठन रुपन्देहीलाई सुझाव दिईन् । केन्द्रिय सदस्य एवं रुपन्देही ईन्चार्ज नारायण प्रसाद भण्डारीले यस्ता रचनात्मक कार्यहरू सबै ठाउँमा गर्नुपर्नेमा जोड दिए ।

एक थोपा रगतको कारण पनि मृत्यु शैयामा पुगेको मानिसको जीनव बच्न सक्ने भन्दै रक्तदान जस्तो पवित्र कार्यक्रमको आयोजना गर्ने संगठन प्रति विशेष आभार प्रकट गरे ।

कार्यक्रममा ४० युनिट रगत संकलन भएको थियो । कार्यक्रम संयोजक एवं संगठन रुपदन्देहीका सदस्य गुणाखर पाण्डेको स्वागत र सचिव जिवन पौडेलको सञ्चालनमा कार्यक्रम भएको हो । संगठन रुपन्देहीले नियमित विभिन्न सामाजिक उत्तरदायित्वमुलक कार्यक्रमहरु गर्दै आएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित