लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

सूर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा सुनवलमा बिमा साक्षरता कार्यक्रम सम्पन्न

जीवन बिमाका क्षेत्रमा काम गर्दै आएको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बिमा सचेतना तथा साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । पश्चिम नवलपरासीको सुनवल शाखाले सोमबार सुनवल नगरपालिका–१० हसनापुरमा स्थानीयहरुलाई लक्षित गरी उक्त कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा जीवन बिमाको उद्देश्य, महत्व र यसका फाइदाबारे सहजीकरण गरीएको थियो । कम्पनीकी एमडिआरटी बिना गौतमले जीवन बिमाको महत्व र जीवन बिमाले मानविय जीवनमा प्रदान गर्ने फाइदाहरुको बारेमा जानकारी गराइन् । त्यसैगरी उनले कम्पनीद्वारा हाल सञ्चालन हुँदै आएका विभिन्न बिमा योजनाबारे पनि सहभागीलाई जानकारी गराइन् ।

कम्पनीले आफ्ना बिमितलाई स्वास्थ्य सुविधाअन्तर्गत ३५ प्रकारका घातक रोगविरुद्धको बिमाङ्क रकम प्रदान गर्दै आएको गौतमले बताइन् । जीवन बिमाले आर्थिक सुरक्षा, लगानी तथा बचतको अवसर दिनुका साथै पुँजी निर्माण गरी भविस्यमा लाभ लिन सकिने उनले बताइन् ।

कार्यक्रममा सुनवल नगरपालिका–१० का वडाध्यक्ष दिलबहादुर थापाले समाजमा हुने गरेको फजुल खर्चलाई न्यूनीकरण गरी बिमामा बचत गराई जीवनमा आई पर्ने आर्थिक जोखिमलाई न्यूनीकरण गर्न सकिने बताए ।

सम्पूर्ण जनमानसमा जीवन बिमासँग सम्बन्धित विषयमा सचेतना कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको उनले बताए । अखाद्य वस्तुको बढ्दो प्रयोग, विभिन्न केमिकल र रङ मिसाएको खानेकुरा, जंग फुडको सेवनले गम्भिर स्वास्थ्य समस्या निम्ताइरहेको वडाध्यक्ष थापाको भनाइ थियो । वडाले नागरीकको स्वास्थ्यलाई प्राथमिकता दिएर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको उनले बताए ।

त्यस्तै सुनवल शाखा प्रमुख विन्दु भण्डारीले मानिसको जीवनमा अनेकन प्रकारका विपत्तिहरु आउँदा विपत्तिहरुसँग सामना गर्न सक्ने क्षमता जीवन बीमाले प्रदान गर्ने बताइन् ।

जीवन बीमाको पहुँचलाई सामान्य नागरीकसम्म पु¥याउने उद्देश्यका साथ जीवन बीमासँग सम्बन्धित विषयमा सचेतना तथा साक्षरता कार्यक्रम सञ्चालन गरीएको उनले बताइन् । साथै सूर्यज्योति लाइफ इन्स्योरेन्सको जुनसुकै बिमा योजनाहरु ढुक्क भएर बिमालेख खरिद गर्नसमेत आग्रह गरिन् ।

कार्यक्रममा पूर्ववडा सदस्य धनेश्वर कवर, स्थानीय समाजसेवी थानेश्वर पाण्डेलगायतले बोल्दै आर्थिक अबस्था सामान्य भएका नागरिकलाई जीवन बिमा सहयोगी बन्ने बताए । सोही अवसरमा बिमा गरेको ५ महिनामै मस्तिष्कघात भएर उपचार गराइरहेका तिलबहादुर पुनलाई बिमा बापतको ८ लाख रुपैयाँ प्रदान गरिएको थियो । कार्यक्रममा बाल सञ्जाल संयोजक सुनिता पाण्डे, पूर्वअमिन कारी यादव, आमा समूहसँगै स्थानियको सहभागिता रहेको सुनवल शाखाका अपरेसन इन्चार्ज इन्द्र घर्तीमगरले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित