बुटवलमा जेन जी पुस्ताको प्रदर्शन प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु शोरुम उद्घाटनअघि नै बुटवलमा ‘प्रोटोन ई.मास सेभेन’ ईभी १० वटा बिक्रि रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य                
समाचार :

रोटरी डिष्ट्रिक ३२९२ नेपाल भुटानको १६ औं डिष्ट्रिक कन्फ्रेन्स समापन

बुटवल । बुटवलमा गत सुक्रवार शुरु भएको रोटरी डिष्ट्रिक ३२९२ नेपाल भुटानको १६ औं डिष्ट्रिक कन्फ्रेन्स आईतबार समापन भएको छ।

३ दिन सम्म चलेको डिष्ट्रिक कन्फ्रेन्समा रोटरीले देशभर संचालन गरेका विभिन्न परियोजना, तिनिहरुले समुदायमा पारेको प्रभाव तथा आगामी कार्यदिशा बारे छलफल गर्दै समापन गरिएको हो।

कन्फ्रेन्समा देशभरीबाट १७ सय बढि रोटरी सदस्य तथा अन्य पाहुनाहरु गरि १८ सय बढिको सहभागिता रहेको थियो। नेपाल सरकारका उपप्रधान तथा भौतिक पुर्वाधार मन्त्री रघुबिर महासेठले उद्धघाटन गरेको कन्फ्रेन्समा बिभिन्न फरक फरक बिषयका सेशनहरुमा सामाजिक क्षेत्रका अभियान्ता र रोटरी क्लवका अगुवाहरुले सहजीकरण गरेका थिए।

कन्फ्रेन्समा रोटरीको महत्वपुर्ण एक अंगको रुपमा रहेको सदस्यता विस्तार, सर्भिस प्रोजेक्ट, युथ डेभलपमेन्ट, वुमन एण्ड लिडरसिप, पब्लिक ईमेज, ईकोनोमिक डेभलपमेन्ट लगायतका विषयमा छलफल गरिएको डिष्ट्रिक कन्फ्रेन्स कमिटी चेयर एजाज आलमले जानकारी दिए।

कन्फ्रेन्समा रोटरीका पुर्व गभर्नरहरुका अलावा तुरुङग्राम ग्याल्वा रिम्पोछे, चर्चित हास्यव्यंग्य कलाकार मनोज गजुरेल, गायक प्रमोद खरेल, अफसर अली, गायीका मिलन नेवार, मेनुका पौडेल, मिस नेपाल वल्ड श्रीच्छा प्रधान, पत्रकार टिकाराम यात्री, ब्राण्डिङ एण्ड मार्केटिङ एक्स्पर्ट प्रणाया केसी लगायतले आ आफ्नो क्षेत्रको बिषयमा सहजीकरण गरेका थिए।

कन्फ्रेन्स समापनको अवसरमा विभिन्न क्षेत्रका अवार्ड तथा पुरस्कार वितरण गरिएको थियो। त्यस्तै बर्षभरीमा उत्कृष्ट कार्य सम्पादन गर्ने क्लव, क्लवका अध्यक्ष तथा सचिवहरुलाई पनि पुरस्कृत गरिएको थियो।

कार्यक्रममा दृष्टि बिहिन गायीक मेनका पौडेललाई नगद २५ हजार र मानवसेवा आश्रम बुटवलकी टिका थापालाई नगद १० हजार सहित सम्मान गरिएको रोटरी क्लवका एसिसटेन्ट गभर्नर यादव भण्डारीले बताए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित