निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

खाद्य शुद्धता सम्बन्धी अभिमुखीकरण तथा उपभोक्ता सचेतना अन्तरक्रिया सम्पन्न

बुटवल । उपभोक्ता हित संरक्षण मञ्च, बुटवलले शुक्रबार विश्व उपभोक्ता दिवसको अवसर पारेर खाद्य शुद्धता सम्बन्धी अभिमुखीकरण तथा उपभोक्ता सचेतना अन्तरक्रिया कार्यक्रम गरेको छ ।

उपभोक्तालाई अधिकारको विषयमा जागरुक बनाउने उद्देश्यले सचेतना कार्यक्रम गरिएको हो । विश्व उपभोक्ता दिवस दिवस हरेक वर्ष मार्च १५ तारिकमा मनाउने गरिन्छ । सो अवसरमा बोल्दै बुटवल उपमहानगरपालिकाका उपप्रमख सावित्रादेवी अर्यालले उपभोक्ता अधिकार ठगिबाट जोगिन आफै पहिला सचेत बन्नुपर्ने बताइन् ।

सधै मारमा परेका उपभोक्तालाई अधिकारको लागि राज्य पनि जिम्मेवार हुनुपर्नेमा उनको जोड थियो । कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसीले उपभोक्ता अधिकार दायित्व सबैको भएको बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका अधिकृत ठगिश्वर पोखरेलले अधिकारका लागि उपभोक्ता आफैं जागरुक हुनुपर्ने बताए । कार्यक्रममा १०० भन्दा बढी उपभोक्ताहरु सहभागी थिए । उनीहरुले अधिकार र प्राप्तीका विषयमा मञ्चको काम र भूमिकाबारे विभिन्न प्रश्नहरु राखेका थिए । विश्वमै पहिलो पटक सन् १९६२ मार्च १५ मा अमेरिकी संसदमा राष्ट्रपति जोन अफ केनेडीले प्रस्तुत गरेका सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रुपमा घोषणा गरिएको थियो ।

यिनै अधिकारका आधारमा संयुक्त राष्ट्रसंघको महासभाबाट सन् १९८५ मा उपभोक्ताका आठ वटा अधिकारसहित उपभोक्ता अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय मार्गदर्शन पारित भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित