गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे…                
समाचार :

तिलोत्तमा व्यापार संघको कार्यशाला गोष्ठी पाल्पामा सुरु

बुटवल । तिलोत्तमा व्यापार संघको कार्यशाला गोष्ठी बिहीबारदेखि पाल्पामा सुरु भएको छ । संघको रणनीतिक योजना निर्माण एवं संस्थागत सवलीकरणको लक्ष्यसहित कार्यशाला गोष्ठी सुरु भएको हो । गोष्ठीले आगामी ३ वर्षका लागि लक्ष्य, रणनीति र कार्यक्रम निर्धारण गर्ने छ ।
चेम्बर अफ कमर्शका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश अध्यक्ष टंकप्रसाद पोखरेलले आम व्यवसायीहरुका समस्यालाई पहिचान गरी समाधानको उपाय खोजी गर्ने गरी नेतृत्वदायी भूमिका खेल्न संघलाई सुझाव दिए ।

एमाले रुपन्देहीका सचिव यज्ञ गैरेले तिलोत्तमा व्यापार संघलाई आशालाग्दो, भरलाग्दो संगठन बनाउन सकेमात्र सदस्यता बिस्तार गर्न सकिने सुझाव दिए । उनले व्यावसायिक हक हितको रक्षा गर्दै व्यवसायीहरु संघमा किन आवद्ध हुने भन्ने प्रश्नको जवाफ दिने गरी संघले आफ्ना कार्ययोजना अगाडि बढाउनुपर्ने बताए ।

चेम्बर अफ कमर्शका लुम्बिनी प्रदेश महासचिव एवं संघका संस्थापक अध्यक्ष जेपी कंडेलले संस्थागत हित र व्यवसायीहरुको हक अधिकारको लागि संगठीत रुपमा अगाडि बढ्न व्यवसायीहरुलाई आग्रह गरे । उनले तीन वर्षे कार्यकालभित्र १५ सय सदस्य पुर्याउने, संघमा आवद्ध सदस्यहरुको दुर्घटना बीमा, उद्योगी व्यवसायीका लागि स्वास्थ्य शिविरको सञ्चालन, अस्पतालमा सहुलियत उपचारको प्रवन्ध, नेतृत्व विकास, व्यवसायीमुखी तालिम जस्ता क्रिायकलापहरु अगाडि बढाउन सके व्यवसायीहरुलाई आकर्षित गर्न सकिने बताए ।

कार्यक्रममा संघका अध्यक्ष नेत्रप्रसाद न्यौपानेले उद्योगी र व्यवसायीहरुको क्षमता अभिवृद्धिको लागि निरन्तर क्रियाशील रहँदैे व्यवसायिक क्षमता र दक्षता विकासका लागि अगाडि बढ्ने अठोटका साथ कार्यशाला गोष्ठी आयोजना गरिएको बताए ।

संघका महासचिव चेतनारायण विश्वकर्माले उद्योगी, व्यापारी वर्गमा एकता, मैत्रीपूर्ण, सद्भावनाको वातावरण सिर्जना गर्ने गरी संस्था अगाडि बढ्ने बताए । दुई दिने कार्यशाला गोष्ठीमा चेम्बर अफ कमर्शका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश अध्यक्ष टंकप्रसाद पोखरेलले सहजीकरण गरेका छन् ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित