रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य पाल्पाको तिनाउमा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु रूपन्देही ३ मा धनिराम चौधरीलाई उम्मेदवार बनाउने जनमतको निर्णय डिभोर्सको प्रमाण सार्वजनिक गर्दै लेखजंगले लेखे- सम्बन्धविच्छेद गर्ने वित्तिकै एकअर्कासँग भेट्नै नहुने हो ?                
समाचार :

बुटवलमा हुन लागेको १६ औ डिष्ट्रिक कन्फ्रेन्सको तयारी पूरा

बुटवल । रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल भूटानको १६ औ डिष्ट्रिक कन्फ्रेन्स बुटवलको रामनगरस्थित बुटवल मण्डपमा हुंदै छ । चैतको २ गतेदेखि ४ गते सम्म संचालन हुने कन्फ्रेन्सका लागि सबै तयारी पुरा भएको आयोजकले जनाएका छन् ।

बुटवल मण्डपमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले सम्मेलन सफल बनाउन १५ वटा कन्फ्रेन्स कमिटी र २५ वटा कार्यक्रम कमिटी गठन गरीएको जानाकारी दिएको छ ।

देशभरका रोटरी क्लबहरुमा आवद्ध सदस्यहरु सहभागी हुने कन्फ्रेन्समा सहभागीताका लागि अहिलेसम्म १ हजार ७ सय बढी रोटरीयनहरुले नाम दर्ता गराईसकेको कन्फ्रेन्स कमिटी चेयर एजाज आलमले बताए ।

अहिलेसम्म १ हजार ७ सय भन्दा बढीले अनलाईन रजिष्ट्रेशन गरिसकेको र त्यो संख्या अझै थपिने उनको भनाई छ । दुई दिनसम्म चल्ने सम्मेलनमा विश्व लगायत नेपालमा रोटरीले संचालन गरेका परियोजना र तिनको प्रभावबारे विस्तृत छलफल तथा जानकारी प्रदान हुनेछ । सम्मेलनको उद्घाटन नेपाल सरकारका उपप्रधान एवं भौतिक पुर्वाधार मन्त्री रघुबिर महाशेठले गर्नेछन् ।

कन्फ्रेन्समा रोटरी, रोट्रयाक्ट र इन्ट्रयाक्टले गरेका विभिन्न सेवामूलक परियोजनाका बारेमा छलफल, ति परियोजनाले समुदायको विकासमा ल्याएको परिवर्तन र आगामी मार्गचित्रबारे सम्मेलनमा छलफल हुनेछ ।

कार्यक्रममा रोटरीले निर्धारण गरेका प्राथमिकताका सबै क्षेत्र वातावरण, स्वास्थ्य, शिक्षा, रोटरीको सार्वजनिक छबि, शान्ति तथा द्वन्द्व व्यवस्थापन, सदस्यता मामिला, महिला सशक्तिकरण एवं महिला नेतृत्वको विकास लगायतका विभिन्न क्षेत्रमा रोटरी तथा रोटरीभन्दा बाहिरका सम्बन्धित क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तित्वहरुले विचारमार्फत दिशानिर्देश गर्ने राेटरी डिष्ट्रिक ३२९२ का नेपाल भुटानका गभर्नर राजेन्द्र ध्वजले जानकारी दिए ।

सम्मेलनमा सहभागीहरुले बुटवल र भैरहवाका सबै प्रकारका होटलहरु बुकिङ गरिसकेको आवास ब्यवस्थापन कमिटी चेयर सुरज क्षेत्रीले बताए ।

क्षेत्रीका अनुसार सम्मेलनमा आउने सहभागीहरुलाई गौतमबुद्ध बिमानस्थलबाट होटलसम्म तथा होटलदेखि सम्मेलन स्थल बुटवल मण्डपसम्म ल्याउन लैजानका लागि निःशुल्क यातायातको व्यवस्थापन गरिएको क्षेत्रीले बताए । कार्यक्रममा कुल ढाइ करोड खर्च हुने अनुमान गरिएको छ ।
कार्यक्रममा पत्रकार दिनेश पाण्डे, नेपाल पत्रकार महासंघका उपाध्यक्ष विश्वास ढकालले रुपन्देहीलाई चिनाउने गरि महत्वपूर्ण कार्यक्रम हुन लागेको बताए ।
 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित