रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित                
समाचार :

शान्ति समाजका सभापति भट्टराईले गौशालामा मनाए जन्मदिन,गरे दाना चापट हस्तान्तरण

मानवअधिकार तथा शान्ति समाज रुपन्देहीका सभापति कृष्ण प्रसाद भट्टराई (खिमप्रसाद) आफ्नो जन्मदिनमा तिलोत्तमा गौशालामा सहयोग गरेका छन् । उनले गौशाला रहेका गाइबस्तुलाइ दाना चापट र  भेली खुवाए भने गाइबस्तुका हेरालु र रेखदेख गर्नेलाई समेत एक-एक कपडा समेत किनेर प्रदान गरे ।

उनले सोही स्थानमा वर पिपलको बिरुवा तथा आँप र लिचीका बिरुवा समेत रोपे र संरक्षण समेत गर्ने प्रतिबद्धता जनाएका छन् ।  उनले हरेक पटकको जन्मदिनमा रक्तदान समेत गर्दै आइरहेका छन् ।

सो अबसरमा शान्ति समाजका केन्द्रिय सल्लाहकार एवं निवर्तमान केन्द्रिय सभापति गोबिन्द खनालले समाजले रचनात्मक काम गरिरहेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले समाजका अध्यक्ष भट्टराइले सामाजिक काम र बिभिन्न अभियानमा सक्रियता बढाएको उल्लेख गर्नुभएको थियो ।

समाज रुपन्देही शाखाका उपसभापति कपिल ज्ञवाली, सचिव कृष्ण पाण्डे,सदस्य अर्जुन ज्ञवाली प्रेस युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपाल,चिदिपानी तिलोत्तमा समाजका उपाध्यक्ष गुरु भुसाल, सचिव ओम भण्डारी,  कोषाध्यक्ष रामप्रसाद भण्डारी, मीन भण्डारी ,छवि भण्डारी, बिष्णु थापा ,श्याम भट्टराइ, अजित भट्टराइ लगायतको सहभागिता रहेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित