लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

बुटवलमा गैरे अटोमोवाईल्सले थाल्यो भेस्पा अप्रिलिया बिक्री,कालिकानगरमा शो रुम उद्घाटन

बुटवलमा डेल्टा अटोकर्पको नयाँ शोरुम संचालनमा आएको छ । गैरे अटोमोवाईल्स मार्फत बिक्री शुभारम्भ भएको हो । भेस्पा अप्रिलिया स्कुटरको आधिकारिक बिक्रेता डेल्टा अटोकर्प प्रालिले बुटवल–१० कालिकानगरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको हो ।

बुटवल क्षेत्रमा बढ्दै गएको भेष्पा अप्रिलिया स्कुटरको मागलाई मध्यनजर गर्दै नयाँ डिलरसिप सुरु गरिएको कम्पनीले जनाएको छ । नयाँ शोरुमको डेल्टा अटोकर्प प्रालिका प्रमुख कार्यकारी अधिकृत विजय कुमार महतो र गैरे अटोमोवाईल्र्स प्रबन्ध निर्देशक प्रेमराज गैरेले संयुक्त रुपमा शुभारम्भ गरे ।

यस क्षेत्रमा स्कुटीको माग दैनिक वढ्दै गएकोले कम्पनीले नयाँ शोरुम स्थापना गरी विक्रीलाई प्राथमिकता प्रदान गरेको डेल्टा अटोकर्प प्रालिका प्रमुख कार्यकारी अधिकृत विजय कुमार महतोले बताए । नयाँ शोरुमबाट स्कुटरको सेल्स, सर्भिस, स्पेयर्स, एक्सचेन्जका साथै फाईनान्सको सुविधा रहेको बताए ।

गैरे अटोमोवाईल्र्सका प्रबन्ध निर्देशक प्रेमराज गैरेले वजारको माग र लोकप्रियतालाई मध्यनजर गर्दै आफूहरुले नयाँ शोरुम संचालनमा ल्याउन पाएकोमा उत्साहित महशुस भएको बताए ।

शुभारम्भको अवसरमा कम्पनीले प्रतिस्कुटरमा नगद १० हजार छुट र एक थान हेलमेट उपहार प्रदान गर्ने गरी विशेष अफर घोषणा गरेको गैरे प्रतिष्ठानको वरिष्ठ प्रबन्धक धुर्व सापकोटाले बताए ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित