बुटवलमा शंख बजाउने प्रशिक्षण सम्पन्न जाउपोखरा आधारभूत विद्यालयमा खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए                
समाचार :

रुपन्देहीका खुद्रा किराना ब्यवसायीका चुनौती : ‘खुला सीमा भन्सार, ठेला र दर्ता बिहिन हाटबजार !

खुला सीमानाका, भन्सार तथा दर्ता बिहिन सञ्चालन हुने हाटबजारहरुले खुद्रा किराना ब्यवसायीलाई चुनौती सिर्जना भईरहेको सरोकारवालाले गुनासो गरेका छन।

हाटबजारमा दर्ता नभई गर्ने ब्यवसाय गर्ने तथा ठेला र झोलामा सामाग्री बेच्न हिड्नेबाट ब्यवसायी समस्यामा परेको बताएका हुन। खुद्रा किराना व्यवसायी संघ रुपन्देहीको १७ औं साधारणसभा तथा नवौं अधिवेशनम्क अवसरमा आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुले दर्ताबिहिन ब्यवसायीलाई करको मापदण्डमा ल्याउन आग्रह गर्दै उपमहानगरपालिकाबाट नियमित अनुगमन गर्नुपर्ने बताए।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले समाजमा सबैभन्दा नजिक हुने र प्रत्यक्ष सबैको भान्सा सम्म पुग्ने खुद्रा किराना व्यवसायीहरु खुल्ला सिमा नाका र खुला भन्सार नितिले कारण नै मुख्य समस्या रहेको बताएका छन।

उनले बुटवल उपमहानगरले साना ब्यवसायी बचाउने गरि कामहरु गरिरहेको बताउदै नगरप्रमुख पाण्डेयले खुद्रा किराना ब्यवसायीलाई सिपमा जोड्न तथा क्षमता अभिबृद्धीका लागि सहकार्य गर्न बुटवल उपमहानगर तयार रहेको भन्दै योजना सहित उपमहानगर आउन आग्रह गरे।
उनले उपमहानगरले अनुगमनका कामहरु नियमित गरिरहेको भन्दै संघले झकझकाउने बताए। संघको भवन बनाउन जग्गाको लागि पटक पटक आग्रह आईरहेको भन्दै कानुन सम्बन्त तरिकाले जिल्ला प्रशासन कार्यालयमार्फत आउन आग्रह गरे।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर ४ अध्यक्ष नरिश्वर शर्मा पौडेलले बुटवलले संघ संग आवश्यक सहकार्य गर्न तयार रहेको बताए।
संघका सल्लाहकार कृष्ण पाण्डेले सरकारी संयन्त्रवाट अनुगमन तथा कडाईका साथ काम हुन नहुदा अहिले खुद्रा किराना ब्यवसायी समस्यामा रहेको बताए। अनुगमनमा नाममा खुद्रा किराना ब्यवसायीहरुमाथी धरपकडको अवस्था अन्त्य हुनुपर्ने माग गरे।

कार्यक्रममा पूर्व सल्लाहकार कृष्ण प्रसाद भुसालले दर्ता नगरेका ब्यवसायीले थोरै मूल्यमा बिक्री गर्ने र त्यस्ता पसलमा अनुगमन नगर्दा खुद्रा ब्यवसायीहरुलाई समस्या भईरहेको बताए।पूर्व अध्यक्ष कमला गौतमले हाटबजारमा ताजा तरकारी तथा फलफुल मात्रै बिक्रि बितरण गर्नुपर्ने भएपनि त्यो नभइ किरानाका सामाग्री समेत राख्दा समस्या भएको बताईन।

कार्यक्रममा राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी कार्यालय लुम्बिनीका जगदिश नेपाल, नेकपा एमाले बुटवल अध्यक्ष किशन ज्ञवाली, माओवादी केन्द्रका नगर अध्यक्ष महेन्द्र भुसाल, बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका उपाध्यक्ष बिमलराज भट्टराई , रुपन्देही ब्यापार संघका कोषाध्यक्ष मणि खनाल, नेपाल बजार बिक्री प्रतिनिधि संघ लुम्बिनीका कृष्ण भुसाल,लुम्बिनी डेरी ब्यवसायी संघका अध्यक्ष रामकृष्ण शर्मा ,खुद्रा किराना ब्यवसायी संघका पूर्व अध्यक्ष केशब कुवर,उपाध्यक्ष राधा आचार्य भुसाल, महासचिव गोपाल प्रधान लगायतले बोलेका थिए।

पत्रकार आचार्य सम्मानित 
सोही अवसरमा सञ्चार क्षेत्रबाट समुदायमा योगदान गरेको भन्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका कार्यसमिति सदस्य, बुद्ध सामुदायिक टेलिभिजन तथा लुम्बिनी प्रेस डटकमका पत्रकार प्रदीप आचार्यलाई नगद सहित सम्मान गरिएको थियो।

सोही अवसरमा संघका उत्कृष्ट सदस्य तथा एसईई र प्लस टु उत्तीर्ण गरेका सदस्यका सन्तानलाई सम्मान गरिएको थियो। कार्यक्रममा संघका अध्यक्ष मोहन प्रसाद बस्यालको प्रतिवेदन तथा सचिव दधिराम ज्ञवालीको सचिवको प्रतिबेदन, कोषाध्यक्ष टिकाराम शर्मा पौडेलले कोषाध्यक्षको प्रतिबेदन र लेखा समिती संयोजक बिकास राज पौडेलको लेखा समितीप्रतिबेदन पारित भएको थियो। अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित