लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा                
समाचार :

क्रिकेट मैदानसम्म पुग्ने सहज पहुँच मार्ग बनाउँछौं : विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले रुपन्देहीमा बनेको अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला जान सहज पहुँचमार्ग निर्माण गर्ने बताएका छन् ।

सोमवार रुपन्देहीको तिलोत्तमा–१७ स्थित निजी क्षेत्रबाट निर्माण गरिएको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको उद्‌घाटन सत्रमा बोल्दै नेता पौडेलले मुख्य राजमार्गबाट स्टेडियमसम्म पुग्ने सहज बाटो निर्माणको योजना अघि सार्ने स्पष्ट पारे ।

‘स्टेडियमबाट सहज रूपमा हामी हाइवेमा जान/आउन पाउनुपर्‍यो’, उपाध्यक्ष पौडेलले भने, ‘खेलाडीहरू, दर्शकहरू, यो स्थानसम्म आउनको लागि सजिलो हुनुपर्‍यो । फराकिलो बाटो चाहियो । तिलोत्तमा नगरपालिकाका नगरप्रमुख, उपप्रमुखसहित प्रतिनिधि सभामा प्रतिनिधित्व सबैसँगै सहकार्य गरेर स्टेडियमसम्म आउने रोड एक्सीसको लागि बजेट विनियोजन गर्ने योजनामा समावेश गर्ने कामको मैले जिम्मा लिन्छु ।’

बुटवल– भैरहवा सडक खण्डको तिलोत्तमाको मधवलियादेखि स्टेडियम ७ किलोमिटर पूर्व पर्छ । जहाँ पुग्न सहज बाटो छैन’, पौडेलले थपे, ‘भाषण र चिल्ला कुरा गर्न हुँदैन । सकिन्छ भने काम गर्नु राम्रो सकिन्न भने, गफ नगर्नु राम्रो, म गफमा विश्वास गर्दिनँ, काममा विश्वास गर्छु । स्टेडियमको लागि चाहिने सहयोग राज्यको तर्फबाट आफूले पूर्ण रूपमा गर्न लाग्नेछु ।’

सरकारको तर्फबाट गर्नुपर्ने सम्पूर्ण सहयोगको लागि आफूले अग्रसरता लिने पौडेलको भनाइ छ ।

पौडेलले आर्थिक राजधानीको रुपमा विकास भएको रुपन्देहीमा निजी क्षेत्रबाट निर्माण भएको रंगशालाले रुपन्देहीमा लगानी मैत्री वातावरण छ भन्ने पुष्टि गरेको र यसले खेल पर्यटनको माध्यमबाट जिल्लाको आर्थिक समृद्धिमा टेवा पुग्नेसमेत बताए ।

गत जेठ २९ गते शिलान्यास भएको रंगशालाको पहिलो चरणको कामअन्तर्गत खेल मैदान ९ महिनामै तयार भएपछि सोमवार लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले मैदान उद्घाटन गरेका छन् ।

गुल्मीबाट तिलोत्तमामा बसाइँ सरेका र अष्ट्रेलियामा दश वर्ष बिताइसकेका विनोद कुँवरले अष्ट्रेलियामा ‘एक्स्ट्राटेक ओभल प्रालि’ नामको सूचना प्रविधि (आईटी) सम्बन्धी ट्रेनिङ इन्स्टिच्युट सञ्चालन गरेका छन् ।

उनी आफैं पनि आईटी इन्जिनियर हुन् ।

कन्सल्टेन्सी व्यवसाय समेत गरिरहेका विनोद कुँवर दम्पतीले रुपन्देहीको ४० करोड लगानी गर्ने गरी अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउन सुरू गरेका हुन् ।

रंगशालाका अन्य पूर्वाधारहरू पाँच वर्षभित्र पूरा गर्ने लक्ष्य छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित