रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित                
समाचार :

रोट्रयाक्ट डिस्टिक द्वारा २ दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न

रोट्रयाक्ट डिस्टिक ३२९२ नेपाल भुटानद्वारा  धुलिखेलमा २ दिने प्रशिक्षक प्रशिक्षण (TOT) कार्यक्रम सम्पन्न   भएको छ ।

आगामी रोट्रयाक्ट बर्ष २०२४/२५ का लागि देशैभर रहेका सम्पुर्ण  रोट्रयाक्ट क्लबहरुका पदाधिकारी एवं सदस्यहरुलाइ रोट्रयाक्ट सम्बन्धि विभिन्न तालीमहरु प्रदान गर्ने उदेश्यले  प्रशिक्षकहरुलाई तालिम प्रदान गरिएको हो ।

फागुन २५ र २६ गते धुलिखेल स्थित माउन्ट प्रिन्सेस होटेलमा भएको तालिममा प्रशिक्षकहरुलाई विभिन्न विषयबस्तुमा केन्द्रित रहेर सैद्धान्तिक, ब्यबहारिक एवं समुहहरु निर्माण गरि प्रयोगात्मक सिकाइ पद्धति र खेल सिकाइ पद्धति  समेत अबलम्बन गरि तालीम प्रदान गरिएको थियो भने तालिममा सहभागीहरुलाई  विभिन्न बिधाहरुमा मूल्याकंन गरि उत्कृष्टलाई पुरस्कृत समेत गरिएको थियो ।

सो अवसरमा  रोट्रयाक्ट डिस्टिक ३२९२ का बर्तमान  डिआरआर  रोशन कुमार कार्की, प्रशिक्षक नानिकाजी खड्का, प्रदिप धिताल,  २०२४/२५ का लागि  इलेक्ट डिआरआर दिनेश गैरे लगायतले फरक फरक शिर्षकमा  तालिम प्रदान गरेका थिए ।

आगामी रोट्रयाक्ट बर्ष २०२४/२५ लाई  फरक एवं प्रभावकारी ढंगले अगाडि बढाउने  र प्रशिक्षकहरुको भुमिकालाई पनि प्रभावकारी बनाउने उदेश्यले  अहिले नै  देशभर बाट ४६ जना  प्रशिक्षकहरुलाई प्रशिक्षक प्रशिक्षण (TOT) कार्यक्रम सप्पन्न गरिएको बर्ष २०२४/२५ का डिआरआर  बिक्रम क्षेत्रिले बताए ।

तालिम कार्यक्रमको  सहजीकरण बर्ष २०२४ /२५ का लागि  रोट्रयाक्ट डिस्टिक तालिम निर्देशक अनुषा घिमिरे नेपाल लगायतले गरेकाे बर्ष २०२४/०२५ का रोट्रयाक्ट डिस्टिक मिडिया समन्वय अफिसर आबिस्कार खनालले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित