लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

रोट्रयाक्ट डिस्टिक द्वारा २ दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न

रोट्रयाक्ट डिस्टिक ३२९२ नेपाल भुटानद्वारा  धुलिखेलमा २ दिने प्रशिक्षक प्रशिक्षण (TOT) कार्यक्रम सम्पन्न   भएको छ ।

आगामी रोट्रयाक्ट बर्ष २०२४/२५ का लागि देशैभर रहेका सम्पुर्ण  रोट्रयाक्ट क्लबहरुका पदाधिकारी एवं सदस्यहरुलाइ रोट्रयाक्ट सम्बन्धि विभिन्न तालीमहरु प्रदान गर्ने उदेश्यले  प्रशिक्षकहरुलाई तालिम प्रदान गरिएको हो ।

फागुन २५ र २६ गते धुलिखेल स्थित माउन्ट प्रिन्सेस होटेलमा भएको तालिममा प्रशिक्षकहरुलाई विभिन्न विषयबस्तुमा केन्द्रित रहेर सैद्धान्तिक, ब्यबहारिक एवं समुहहरु निर्माण गरि प्रयोगात्मक सिकाइ पद्धति र खेल सिकाइ पद्धति  समेत अबलम्बन गरि तालीम प्रदान गरिएको थियो भने तालिममा सहभागीहरुलाई  विभिन्न बिधाहरुमा मूल्याकंन गरि उत्कृष्टलाई पुरस्कृत समेत गरिएको थियो ।

सो अवसरमा  रोट्रयाक्ट डिस्टिक ३२९२ का बर्तमान  डिआरआर  रोशन कुमार कार्की, प्रशिक्षक नानिकाजी खड्का, प्रदिप धिताल,  २०२४/२५ का लागि  इलेक्ट डिआरआर दिनेश गैरे लगायतले फरक फरक शिर्षकमा  तालिम प्रदान गरेका थिए ।

आगामी रोट्रयाक्ट बर्ष २०२४/२५ लाई  फरक एवं प्रभावकारी ढंगले अगाडि बढाउने  र प्रशिक्षकहरुको भुमिकालाई पनि प्रभावकारी बनाउने उदेश्यले  अहिले नै  देशभर बाट ४६ जना  प्रशिक्षकहरुलाई प्रशिक्षक प्रशिक्षण (TOT) कार्यक्रम सप्पन्न गरिएको बर्ष २०२४/२५ का डिआरआर  बिक्रम क्षेत्रिले बताए ।

तालिम कार्यक्रमको  सहजीकरण बर्ष २०२४ /२५ का लागि  रोट्रयाक्ट डिस्टिक तालिम निर्देशक अनुषा घिमिरे नेपाल लगायतले गरेकाे बर्ष २०२४/०२५ का रोट्रयाक्ट डिस्टिक मिडिया समन्वय अफिसर आबिस्कार खनालले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित