रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित                
समाचार :

सिद्धबाबा मन्दिर द्वारा पत्रकार ज्ञवाली र खनाल सम्मानित

बुटवल । महाशिवरात्रीको अवसरमा तिनाउ गाउँपालिका वडा नम्बर ३ पाल्पामा रहेको शिद्धबाबा मन्दिर विकास समितिले दुई जना पत्रकारालाई सम्मान गरेको छ । बुटवलको बुद्ध सामुदायिक टेलिभिजनका समाचार प्रमुख कपिल ज्ञवाली र बुटवल टुडे दैनिक पत्रिकाका उप–सम्पादक कृष्ण खनाललाई नगद सहित सम्मान गरेको हो । शुक्रबार एक विशेष समरोहका विच लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगर, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शन्तोष कुमार शेरचन सहित कार्यसमितिलेखनाल लाई सम्मान पत्र र नगद सहित सम्मान गरेको हो ।
ऐतिहासिक सिद्धबाबा मन्दिरले नागरिक आवाज अनलाईन र गोरखापत्र ज्ञवाली र कृषि पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष समेत रहेका खनाललाई सम्मान गरेका हुन । मन्दिरले प्रत्ये बर्ष मन्दिरको विषयमा खोजमुलक समाचार, रिर्पोट बनाउने पत्रकार लाई सम्मान गर्दै आएको छ । पत्रकारद्वय संगै फोटो ग्राफर मिथुन कुँवरलाई पनि नगद सहित सम्मान गरिएको मन्दिर विकास समितिका सदस्य तोया लाम्सालले जानकारी दिए ।
महाशिवरात्रीको अवसरमा पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ मा रहेको ऐतिहासिक शिद्धबाबा मन्दिरमा खुल्ला भजन प्रतियोगीता समेत आयोजना गरिएको छ । जसमा पाल्पा र रुपन्देहीका विभिन्न मजन भण्डलीहरुको सहभागीता रहेको हो । प्रतियोगीतमा सहभागीहरुबाट उत्कृष्ठलाई नगद पुरस्कार समेत व्यवस्था गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शेचरनले जानकारी दिए ।
शुक्रबार मन्दिरमा विहानै देखि भक्तजनहरुको भिडभाड रहेको थियो । निःशुल्क भण्डारा सहित प्रसादी वितरण लगायतका कार्यक्र महशिवात्रीको अवसरमा गरिएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित