गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे…                
समाचार :

महाशिवरात्रीका दिन पाल्पाको सिद्धबाबा मन्दिरमा पूजाका लागि भक्तजनलाई टोकनको व्यवस्था

बुटवल । सिद्धबाबा मन्दिर बिकास समितिले यस वर्षको महा शिवरात्रीमा भक्तजनलाई सहज व्यवस्थापनका लागि टोकनको व्यवस्था गर्ने भएको छ । महाशिवरात्रीको अवसरमा समितिले शिव पूजन, रुद्राभिषेक पूजा, अखण्ड हरिकीर्तनको आयोजना गर्नुका साथै विगत वर्षहरुमा जस्तो पूजाका लागि लाइन लाग्न नपर्नेगरी टोकनको व्यवस्था गरिएको अध्यक्ष सन्तोष कुमार शेरचनले बताए ।

भक्तजनको पूजा व्यवस्थापनका सिद्धबाबाको निःशुल्क बस बाहेक थप ५ वटा बसको व्यवसथापन गरिएको उनले बताए । बुटवलको योगीकुटी, राजमार्ग चौराह, मिलनचोक, ट्राफिक चोक, गोलपार्क तथा पाल्पाको झुम्सामा बसको व्यवस्था गरी दिनभर यातायात उपलब्ध गराउने उनले बताए । सिद्धबाबा मन्दीरले नियमित सञ्चालन गर्दै आएको बाहेक अन्य बसमा उक्त दिन न्युनतम शुल्क २५ रुपैयाँ भाडादर निर्धारण गरिएको समितिले जनाएको छ ।

महाशिवरात्रीका दिन शुक्रबार विहान साढे ३ बजेदेखि पूजापाठका लागि मन्दिरको मूल गेट खुला गरिने बताउँदै मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष अम्मर प्रधानले ४० हजार बढी भक्तजनले दर्शन गर्ने अपेक्षा गरिएको उल्लेख गरे । भक्तजनलाई टोकनको व्यवस्था गरी पूजा गर्ने पालो नआउँदासम्म तथा पूजापछि पनि अखण्ड हरिकिर्तनमा सहभागी भई मनोरञ्जन लिन पाउनेगरी व्यवस्था मिलाइएको उनले बताए ।

महाशिवरात्रीको दिन अन्य समयभन्दा भक्तजनको भिड बढी हुने भएका कारण प्रहरी चौकी दोभानसँग समन्वय गरी ३ दर्जन बढी सुरक्षाकर्मी, स्थानीय युवा तथा सामाजिक संघ संस्थाबाट खटिने स्वयम् सेवकबाट सुरक्षा व्यवस्था मिलाइएको सचिव अरबिन्द पाण्डेले जानकारी दिए । यसैगरी मन्दिरमा रहेका १२ वटा सीसीटिभी क्यामेराबाट यहाँको सुरक्षा अवस्थाबारे अवलोकन तथा निगरानी राखिने बताए ।

पश्चिम नेपालकै पशुपतिको रुपमा बिकास गर्ने लक्ष्य राखिएको सिद्धबाबा मन्दिरमा भक्तजनलाई पूजापाठका लागि सकेसम्म सहज हुने गरी व्यवस्था मिलाउने प्रयास भैरहेको सदस्य तोया लम्सालले जानकारी दिए । तयारी बारे जानकारी दिन विहिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले महाशिवरात्रीका दिन भक्तजनका लागि प्रशाद वितरण, निशुल्क भोजन लगायतका लागि भण्डारा सञ्चालन गरिने बताए ।

महाशिवरात्रीको दिनबाहेक वार्षिक डेढ लाख बढी भक्तजनले दर्शन गर्ने सिद्धबाबा मन्दिरमा संकलित दान दक्षिणाबाट मन्दिरको भौतिक संरचना निर्माण तथा तिनाउँ गाउँपालिका भित्रका धार्मिक पर्यटकीय क्षेत्र र शैक्षिक क्षेत्रमा लगानी गर्ने गरिएको सदस्य रामबहादुर थापाले जानकारी दिए । मन्दिरमा वार्षिक करिब डेढ करोड आम्दानी हुने गरेको समितिले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित