३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

शिखर सम्मेलनमा केही पाहुनालाई हेलिकप्टरमा राखेर पर्यटकीय स्थल घुमाउने योजना छ- लुम्बिनी मुख्यमन्त्री चौधरी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शिखर सम्मेलनमा केही पाहुनालाई हेलिकप्टरमार्फत घुमाउने योजना रहेको बताएका छन्।

यही फागुन २८ र २९ गते लुम्बिनीमा हुन लागेको ‘लौरियट्स एण्ड लिडर्स’ शिखर सम्मेलनमा आउने केही पाहुनाहरूलाई हेलिकप्टरमार्फत पर्यटकीय क्षेत्रको अवलोकन गराउने बताएका हुन्।

केही पाहुनालाई बर्दिया राष्ट्रिय निकुञ्ज, केही स्वर्गद्वारी प्रभुको मन्दिर र केहीलाई पाल्पाको ‘रानी महल’ लगायत ठाउँमा हेलिकप्टरमार्फत भ्रमण गराउने योजना रहेको मुख्यमन्त्री चौधरीले बताए।

आइतबार सेतोपाटीसँग कुरा गर्दै यस सम्मेलनमा भाग लिन ११ जना नोबेल पुरस्कार विजेता आउने निश्चित भएको पनि उनले बताए।

उनका अनुसार लुम्बिनीलाई ब्राण्डिङ गर्न यो सम्मेलनको आयोजना गरिएको हो।

यो चौथो शिखर सम्मेलन लुम्बिनीमा आयोजना हुनु राष्ट्रको लागि गौरवको कुरा भएको उनले बताए।

शिखर सम्मेलनको माध्यमबाट विदेशी दातृ निकायहरू लुम्बिनीमा लगानीका लागि आकर्षित हुने र यसक्षेत्रको समृद्धिमा पनि सम्मेलन फलदायी हुने दावी मुख्यमन्त्री चौधरीको छ।

सम्मेलनका लागि प्रदेश सरकारले बजेटमै ६ करोड ५० लाख रुपैयाँ छुट्याएको भएपनि विभिन्न दातृ निकायबाट सहयोग जुटेको भन्दै सरकारको दुई करोड रुपैयाँभन्दा बढी खर्च नहुने मुख्यमन्त्री चौधरीको दाबी गरे।

फागुन २८ गते लुम्बिनी सम्मेलन केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने सम्मेलनमा शान्ति र बालबालिकाका विषयमा १० वटा कार्यपत्र प्रस्तुत हुने मुख्यमन्त्री चौधरीले बताए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित