रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित                
समाचार :

अर्जै गुल्मी–रुपन्देही सम्पर्क समाजको अध्यक्षमा भण्डारी र सचिवमा अर्याल निर्वाचित

बुटवल । अर्जै गुल्मी–रुपन्देही सम्पर्क समाजको अध्यक्षमा रेशमचन्द्र भण्डारी सर्वसहमत निर्वाचित भएका छन् । समाजको चौथो अधिबेशनबाट भण्डारी सर्वसहमत अध्यक्षमा निर्वाचित भएका हुन ।

शनिबार रुपन्देहीको तिलोत्तमामा भएको अधिबेशनबाट प्रथम उपाध्यक्षमा मनोज गौतम चयन भएका छन् । त्यस्तै द्धितिय उपाध्यक्षमा ओमप्रसाद अर्याल, सचिवमा रामचन्द्र अर्याल (आरसी), सह–सचिवमा सिर्जना अर्याल, कोषाध्यक्षमा चन्द्रबहादुर पराजुली र सह–कोषाध्यक्षमा भगवती पराजुली चयन भएका छन् ।

अधिबेशन अघि भएको उद्घाटन सत्रको एक कार्यक्रमका बीच रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै उनले अर्जैबाट स्थायी तथा अस्थायी बसोबास गर्नेहरु बीच भाईचारा र एकता कायम गर्न समाजले भुमिका खेल्नुपर्ने बताए । साथै उनले समाज परिवर्तनका लागि समाजले विभिन्न रचनात्मक काम गर्न सुझाव समेत दिए । अधिबेशन समाजका अध्यक्ष यमबहादुर अर्यालको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा रामचन्द्र अर्याल (आरसी)ले आर्थिक प्रतिबेदन उद्घाटन सत्रमा प्रस्तुत गरेका थिए । उद्घटान सत्रमा स्वागत ओमप्रसाद अर्यालले गरेका थिए भने कार्यक्रमको सञ्चालन मनोज गौतमले गरेका थिए ।

समाजका नवनिर्वाचित अध्यक्ष भण्डारीले समाजलाई अझ बढि गतिशिल बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे ।

उनले सामाजिक कार्यलाई समेत प्राथमिकतामा राखेर अघि बढ्ने बताए ।

साथै उनले समाजलाई अझ बढि बलियो बनाउन सवैलाई समेट्ने गरी अगाडि बढ्ने बताए । कार्यक्रममा अग्रज समाजसेवी तुल्सीराम अर्यालको उपस्थिती रहेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित