रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित                
समाचार :

लुम्बिनीमा मौलिकता झल्किने नेपाल थेरवाद विहार उदघाटन

शान्तिका अग्रदुत गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा नेपाली मौलिकता झल्किने नेपाल थेरवाद विहार उदघाटन गरिएको छ ।   नवनिर्मित विहारको लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे), भिक्षु महासंघका संघनायक भिक्षु बोधिसेन महास्थविर, संघका उपनायक भिक्षु गुणधोष महास्थविर अखिल नेपाल भिक्षु महासंघ अध्यक्ष  फ्रा. धम्मशोभन महास्थवीरले शनिबार एक समारोहका विच उद्घाटन गरेका हुन ।

अखिल नेपाल भिक्षु महासंघ सचीव भिक्षु निग्रोध महास्थवीरले रिवन काटेर उद्घाटन गरिएको हो । अखिल नेपाल भिक्षु महासंघले निर्माण गरेको भवनको भिक्षु संघबाट त्रिरत्न बन्दना र जयमंगल गाथा पाठ गरेर उद्घाटन गरिएको हो । विहार करिव १ करोड ९० लाखको लागतमा तयार पारिएको संघले जनाएको छ ।

विहार उद्घाटनपछि कार्यक्रममा बोल्दै उपाध्यक्ष डा.ल्हारक्याल लामाले  शान्ति खोज्ने सबै भगवान् गौतम बुद्धको अनुयायी भएको बताए ।  ज्ञान र शान्ति शास्त्रबाट मात्र होइन, ज्ञान आफै भित्रबाट पाइने कुरा उजागर गर्दै उपाध्यक्ष डा. लामाले आज सबै बौद्धमार्गी मात्र नभई सबै मानव समाज  उनका विचारलाई सूत्रका रुपमा प्रयोग गर्दै खुसी भैरहेको समेत बताएका छन् । कार्यक्रममा महासंघका उपाध्यक्ष शीलभद्र महास्थविर, अर्का उपाध्यक्ष सद्धातिम्स महास्थविर लगायतले बोलेका थिए ।

विहारभित्र बुद्ध मूर्ति  एवं अभ्यास कक्षहरु स्थापना गरिएको छ। विहारभित्र पूजा तथा प्रार्थना कक्ष, भिक्षु कक्ष, भिक्षु आवासलगायतका संरचना छन् ।

भिक्षु महासंघले आईतबारदेखि तेस्रो लुम्बिनी अन्तर्राष्ट्रिय त्रिपिटक पाठ समारोहको आयोजना गरेको छ । लुम्बिनी विकास कोष लगायतका संस्थाहरुसँग सहकार्यमा आयोजित त्रिपिटक पाठ समारोहको गृहमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गर्नेछन् । आईतबार विहान पवित्र त्रिपिटक ग्रन्थ शोभायात्रा शुरु हुने अपखल नेपाल भिक्षु महासंघका महासचिव धर्मगुस्त महास्थविरले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित