गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे…                
समाचार :

होटल पौवाले नेपालगन्जमा ५ तारे होटल सञ्चालन गर्दै

नेपाली हस्पिटालिटीको ब्राण्डिङ गर्ने लक्ष्य सहित ७ वर्ष अघि स्थापना भएको होटल पौवाले नेपालगन्जमा आफ्नो १३ औं शाखा सञ्चालनको थालनी गरेको छ ।

कोशी र मधेश प्रदेश बाहेक सबै प्रदेशमा उपस्थिती जनाईसकेको पौवा होटलले पर्यटनको पश्चिम ढोकाको रुपमा रहेको नेपालगन्जमा १३ औं शाखा विस्तारको थालनी गरेको जनाएको हो ।

सुविधा सम्पन्न ५ तारे होटल निर्माणको आज पूजापाठसहित शिलान्यास गरिएको छ । होटल पौवा प्रालीका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले पूजापाठ गर्दै होटलको शिलान्यास गरेका हुन् ।

नेपालगन्जमा संचालन हुने होटल निर्माणको काम २ वर्षमा सम्पन्न गरी ग्रहाकलाई सेवा दिइने पौवाका संचालकहरुले जनाएका छन् ।

‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मुल आदर्शलाई आत्मासाथ गर्दै नेपाली पर्यटन बजारमा प्रवेश गरेको होटल पौवाकोे नेपालगन्जमा सञ्चलन हुने १३ औं शाखामा फरक फरक स्वाद र परिकारका ५ वटा रेष्टुरेन्ट, ४ वटा ठुलो सभा हलसहित १४ वटा मिटिङ हल, ७ वटा स्वीट रुमसहित ८० वटा डिलक्स रुम उपलब्ध हुनेछन् ।

नेपाली पर्यटन बजारको पश्चिमको मुल ढोकाको रुपमा रहेको नेपालगन्जको पर्यटन उद्योगलाई मध्यनजर गर्दै ५ तारे सुविधा सहितको होटल सञ्चालनको सुरुवात गरेको होटल पौवा प्रालीका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बताए । उनले नेपालका लागि नेपाली हस्पिटालिटी सहितको सेवा दिने गरी स्थापना भएको होटल पौवा नेपाली होटल तथा रेष्टुरेण्ट क्षेत्रमा नौलो प्रयोग भएको दाबी गरे । होटलमा प्रवे्श गरेदेखि बाहिरिँदासम्म नेपाली स्वाद, नेपाली संस्कृति र नेपालीपन् महसुस् हुनेगरी होटलले सेवा दिने अध्यक्ष भण्डारीले बताए ।

होटल पौवाका संचालक समितिका सदस्य ध्रुवराज न्यौपानेले पौवाको सेवा लिने हरेक ग्राहकले नेपालीपनको महसुस् गर्ने र यसबाट विश्व पर्यटन बजारमा नेपाली आतिथ्यताको ब्राण्डिङ हुने विश्वास ब्यक्त गरे । उनले २ वर्ष भित्र निर्माण सम्पन्न गरी सेवा दिने योजनाका साथ कार्य आरम्भ गरिएको जनाउँदै पौवा नेपाली हस्पिटालिटी भएको नेपालको एउटा मात्र समुह भएको दाबी गरे ।

नेपालगन्ज निर्माण सुरु गरिएको होटलमा मात्र पौवाकोे करिब १ अर्व लगानी हुने अनुमान गरिएको छ ।

नेपालगन्जको यो होटल पौवाको पहिलो पाँच तारे होटल हुनेछ । पौवाका प्रबन्ध निर्देशक ज्ञवालीका अनुसार स्थापनाको ७ वर्षमा लुम्बिनी प्रदेशका प्रायः सबै पर्यटकीय स्थलमा पौवाको पहुँच पुगेको छ भने छिमेकी कर्णाली प्रदेशको जुम्ला, गण्डकी प्रदेशको पोखरा, सुदुरपश्चिम प्रदेशको धनगढी तथा बाग्मती प्रदेशको काठमाडौं र सौराहामा पौवाको सेवा उपलब्ध छ ।

लुम्बिनी प्रदेशको रुपन्देहीको भैरहवाको चिल्ड्रेन पार्क र बुटवलको योगीकुटी, दाङको भालुवाङ, लमही र घोराही, कपिलवस्तुको गोरुसिङ्गेमा पौवाले समान र नेपालीपन सहितको सेवा दिइरहेको छ । त्यसैगरि पाल्पाको तानसेन र गुल्मीको रेसुङ्गामा पनि अन्तरराष्ट्रिय स्तरको रिसोर्टसहित होटल संचालनमा रहेको छ ।

प्रबन्ध निर्देशक ज्ञवालीले होटल पौवाले यसै आर्थिक वर्षबाट चितवनको सौराहामा पनि सेवा सुरु गर्न लागेको जानकारी दिए । उनले यसै आर्थिक वर्षमा थप २ वटा शाखा थप गर्ने लक्ष्य राखिएको जनाउँदै कोशी प्रदेशमा होटल सञ्चालनको अध्ययन गरिरहेका तथा मधेश प्रदेशको जनकपुरमा सम्भाब्यतासहित होटल संचालनको प्रारम्भिक तयारी गरिएको बताए । यस्तै, गण्डकी प्रदेशमा पनि थप होटल संचालनको अध्ययन थालिएको उनले बताए ।

नेपालगन्जमा पहिलो होटलका रुपमा ९ तला सहितको एउटै छानामुनी क्यासिना, स्पा, स्विमिङ, जिम सुविधा रहने होटलका प्राविधिक समुहका प्रमुख इन्जिनियर प्रदीप भण्डारीले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित