गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे…                
समाचार :

देवदह नगरपालिकामा तालाबन्दी – ‘मेयर र अधिकृतको काम गर्ने शैलीबाट आत्तिएर आक्रमण’

रुपन्देहीको देवदह नगरपालिकाले नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई हातपातको प्रयास गर्दै तोडफोडमा उत्रिने वडा अध्यक्ष र कार्यपालिका सदस्यहरूलाई कानूनी कारवाहीको दायरामा ल्याउन आग्रह गरेको छ ।

नगरपालिकाले मंगलवार बिहान पत्रकार सम्मेलन गरी मेयर ध्रुव खरेल र प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाको नवीनतम् कामलाई प्रभावित पार्न आक्रमण गरिएको जनाएको हो । हातपातको प्रयास गर्नेलाई कानूनी उपचारमा ल्याउन पनि नगरपालिकाले माग गरेको हो ।

नगरको खेलकुद संयोजकको विषयलाई लिएर देवदहमा कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरूले सोमवार प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात र तोडफोड गर्दै कार्यकक्षमा तालाबन्दी गरेका थिए ।

नगरपालिकाका प्रवक्ता रमेश डुम्रेले तोडफोड गर्दै तालाबन्दी गर्नु नगरबासीमाथिको अपमान भएको बताए । ‘हामीले कानून, विधि र विधानबाट तलमाथि नगरी काम गरेका छौं’, प्रवक्ता डुम्रेले भने, ‘मेयर र प्रमुख प्रशासकीय अधिकृतलाई तस्करको आरोप लगाउनु भनेको जनतामाथिको अपमान हो । मेयर र हाकिमबीच मिलेर नगरमा भएका कामले जनता खुसी छन् । परिवर्तन र नवीनतम् कामबाट आत्तिएर आक्रमण प्रयास भएको हो । यसको हामी निन्दा गर्दछौं ।’

गत पुस १८ गते बसेको कार्यपालिका बैठकले देवदह–७ का कमल पाण्डेलाई नगर खेलकुद विकास समितिको संयोजक तोकेको थियो ।

कार्यविधिमा नगर खेलकुद विकास समितिको संयोजक नगरप्रमुखले तोक्ने व्यवस्था अनुसार आफूले संयोजक तोकेको नगरप्रमुख खरेलले जानकारी दिए ।

‘खेलक’दको संयोजक सहमतिमा तोक्न लामो प्रयास गरे’ खरेलले भने, ‘सहमति हुन नसकेपछि बहुमतबाट टुंगो लगाएको हो । हामी विधि विधानले पनि त्यही भन्छ । जनप्रतिनिधि हुँ भन्दै हाकिमको कठालो समात्न खोज्ने, बन्दुक खोस्नेलाई कारबाहीको माग गर्दछौं ।’

प्रमुख प्रशासकीय अधिकृत सापकोटाले पालिकामा भएका हरेक काम स्थानीय सरकार सञ्चालन ऐन–२०७४ ले तोके अनुसार नै भएको बताए ।

७ जना वडा अध्यक्ष र केही कार्यपालिका सदस्यले सोमवार नगरपालिकामा ताला लगाएका थिए । उनीहरूले लगाएको ताला प्रहरीले सोमवार नै तोडेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित