प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु शोरुम उद्घाटनअघि नै बुटवलमा ‘प्रोटोन ई.मास सेभेन’ ईभी १० वटा बिक्रि रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य पाल्पाको तिनाउमा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु                
समाचार :

देवदह नगरपालिकामा तालाबन्दी – ‘मेयर र अधिकृतको काम गर्ने शैलीबाट आत्तिएर आक्रमण’

रुपन्देहीको देवदह नगरपालिकाले नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई हातपातको प्रयास गर्दै तोडफोडमा उत्रिने वडा अध्यक्ष र कार्यपालिका सदस्यहरूलाई कानूनी कारवाहीको दायरामा ल्याउन आग्रह गरेको छ ।

नगरपालिकाले मंगलवार बिहान पत्रकार सम्मेलन गरी मेयर ध्रुव खरेल र प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाको नवीनतम् कामलाई प्रभावित पार्न आक्रमण गरिएको जनाएको हो । हातपातको प्रयास गर्नेलाई कानूनी उपचारमा ल्याउन पनि नगरपालिकाले माग गरेको हो ।

नगरको खेलकुद संयोजकको विषयलाई लिएर देवदहमा कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरूले सोमवार प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात र तोडफोड गर्दै कार्यकक्षमा तालाबन्दी गरेका थिए ।

नगरपालिकाका प्रवक्ता रमेश डुम्रेले तोडफोड गर्दै तालाबन्दी गर्नु नगरबासीमाथिको अपमान भएको बताए । ‘हामीले कानून, विधि र विधानबाट तलमाथि नगरी काम गरेका छौं’, प्रवक्ता डुम्रेले भने, ‘मेयर र प्रमुख प्रशासकीय अधिकृतलाई तस्करको आरोप लगाउनु भनेको जनतामाथिको अपमान हो । मेयर र हाकिमबीच मिलेर नगरमा भएका कामले जनता खुसी छन् । परिवर्तन र नवीनतम् कामबाट आत्तिएर आक्रमण प्रयास भएको हो । यसको हामी निन्दा गर्दछौं ।’

गत पुस १८ गते बसेको कार्यपालिका बैठकले देवदह–७ का कमल पाण्डेलाई नगर खेलकुद विकास समितिको संयोजक तोकेको थियो ।

कार्यविधिमा नगर खेलकुद विकास समितिको संयोजक नगरप्रमुखले तोक्ने व्यवस्था अनुसार आफूले संयोजक तोकेको नगरप्रमुख खरेलले जानकारी दिए ।

‘खेलक’दको संयोजक सहमतिमा तोक्न लामो प्रयास गरे’ खरेलले भने, ‘सहमति हुन नसकेपछि बहुमतबाट टुंगो लगाएको हो । हामी विधि विधानले पनि त्यही भन्छ । जनप्रतिनिधि हुँ भन्दै हाकिमको कठालो समात्न खोज्ने, बन्दुक खोस्नेलाई कारबाहीको माग गर्दछौं ।’

प्रमुख प्रशासकीय अधिकृत सापकोटाले पालिकामा भएका हरेक काम स्थानीय सरकार सञ्चालन ऐन–२०७४ ले तोके अनुसार नै भएको बताए ।

७ जना वडा अध्यक्ष र केही कार्यपालिका सदस्यले सोमवार नगरपालिकामा ताला लगाएका थिए । उनीहरूले लगाएको ताला प्रहरीले सोमवार नै तोडेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित