रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित                
समाचार :

प्रहरीले बोकेको टियर ग्याँसको हतियार कांग्रेस र राप्रपाका जनप्रतिनिधिले खोस्ने प्रयास गरेपछि देबदह नगरपालिकामा तनाव

देवदह नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाउन पुगेका कांग्रेस र राप्रपाका कार्यकर्ता र सुरक्षाकर्मीबीच झडप भएको छ । कार्यकक्षमा ताला लगाउन प्रयास गर्ने र त्यसलाई रोक्ने सुरक्षाकर्मीबीच घम्साघम्सी भएको हो ।

कांग्रेस र राप्रपाका जनप्रतिनिधि सहित नगरपालिका पुगेका कार्यकर्ताहरुले नेपाल प्रहरीले बोकेको टियर ग्याँसको हतियार खोस्ने प्रयास गरेपछि थप तनाव बढेको छ । अहिलेपनि मल्लयुद्ध जारी रहेको छ । प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाउने प्रयास जारी छ भने सुरक्षाकर्मीले छेक्ने प्रयास पनि जारी रहेको छ ।

नगरपालिका पुगेका कार्यकर्ताहरुले पौष १७ गतेको कार्यपालिका बैठकमा प्रस्तावित विषयहरुमाथि सहमति नजुटेपछि १२ वडाका वडाध्यक्ष मध्ये ७ वटा वडाका वडाध्यक्षहरु र १ जना कार्यपालिका सदस्य सहित ५ जन कार्यपालिका सदस्यले कार्यपालिका बैठकमा नट अफ डिसेन्ट लेखेको तर बहुमतीय दम्भ देखाएर असहमति दर्ज नगरिएको बताएका छन् ।

देवदहमा पौष १७ यता कांग्रेस र राप्रपाका जनप्रतिनिधिहरुले एक पक्षीय निर्णयमा सहभागी नहुने र नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत सहभागी हुन नगरपालिकाका कार्यक्रमहरु बहिष्कार तथा कार्यपालिका बैठक बहिष्कार गर्ने दबावमूलक अभियानमा गरिरहेको पनि जनाएका छन् ।

तालाबन्दी गर्न पुगेका जनप्रतिनिधिहरुले प्रकाशन गरेको विज्ञप्तिमा नगर प्रमुख, उपप्रमुख सम्बोधित कोष तोक आदेशका भरमा योजना सम्झौता गरि भक्तानी समेत गरीएको आरोप लगाइएको छ । विज्ञप्तिमा नगर प्रमख कोष देखि आफनो कुल मन्दिरमा रकम विनियोजन गरी वडा न.९ को कार्यालयको सिफारिस बिना रकम निकाशा गरीएको, वडा नं ८ मा नदिजन्य पदार्थ चोरी तस्करी गरिएको अवस्थामा जिल्ला प्रशासन कार्यालयले ट्रक्टर, जे सि भि स्वंय पक्राउ गरि खैरेनी चौकीलाई बुझाई देवदह नगरपालिकालाई कारवाहीको लागि पठाएको पत्र नगर प्रमुख र प्रमुख प्रशासकिय अधिकृत मिलेमतोमा विना राजश्व छाडीएको आरोप लगाइएको छ ।

तालाबन्दी गर्न नगरपालिका पुग्ने जनप्रतिनिधिहरुमा एक बहादुर सुनार, वडा नं १०, पज प्रसाद अर्याल बडा अध्यक्ष वडा नं. ३, मोहन बहादुर जि.सि. वडा अध्यक्ष वडा नं. ९, हेग बहादुर सारु, वडा अध्यक्ष वडा नं. १२, दिपक नेपाल बडा अध्यक्ष वडा नं, ६, दमननाथ रेग्मी वडा अध्यक्ष वडा नं. ४, दूध नाथ यादव बडा अध्यक्ष वडा नं. ११ रहेका छन् ।

त्यसैगरी बोम बहादुर परियार, कार्यपालिका सदस्य, अमर लामिछाने नगर सभा सदस्य, बम कुमारी थापा, नगर सभा सदस्य, अम्रिका प्रसाद चौधरी, नगर सभा सदस्य र मेघनाथ न्यौपाने, नगर सभा सदस्य पनि ताला लगाउन पालिका पुगेका छन् ।

नगरसभा सदस्य दुल प्रसाद चौधरी, रेनुका आले मगर, बाल मोहन यादव, आविद अलि, असरुन निसा, लक्ष्मी देवी वि.क., मंगल चौधरी, कृष्ण माया राना, बमकान्त गौडेल र होस राज न्यौपाने पनि ताला लगाउन नगरपालिका पुगेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित