लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

त्रिभुवन युनाइटेडमा फूड फेस्टिबल (तस्विरहरु)

बुटवल, फागुन ११ । बुटवल–७ दीपनगरस्थित त्रिभुवन युनाइटेड एकेडेमीका विद्यार्थीहरुले शुक्रबार फुड फेस्टिबल गरेका छन । विद्यालयको होटल म्यानेजमेन्ट अध्ययन गर्ने विद्यार्थीहरुले खाना महोत्सव आयोजना गरेका हुन । फुड फेस्टिबलको बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले उद्घाटन गरिन । सो अवसरमा बोल्दै अर्यालले विद्यार्थीहरुले पढाईसँगै व्यवहारिक ज्ञानको समेत आवश्यकतामा जोड दिइन ।
उत्पादन र मार्केटिङ सीपको विकास गर्ने उद्देश्यले खाना महोत्वस आयोजना गरेका विद्यालयका सह प्राचार्य रामचन्द्र बस्यालले जानकारी दिए । सह–प्राचार्य बस्यालले खानामहोत्सवले विधार्थीहरुलाइ ब्यवहारीक बन्न र ब्यवसायी,स्वरोजगार बन्न समेत प्रेरित गरेको बताए ।


विद्यार्थी दर्जनभन्दा बढी परिवार बनाएर अभिभावक, भूपू विद्यार्थी, शिक्षाप्रेमी र शिक्षकतथा विधालय आसपासका टोलछिमेक हरुलाई विक्री गरेको बनाएको विद्यालयका प्लस टु संयोजक जनकराज भुसालले जानकारी दिए । विद्यालयमा २०७७ देखि कक्षा ११ र १२ को पठन पाठन सुरु भएको थियो । सो अवसरमा चक्र ब्याण्ड सहितको विभिन्न सांस्कृतिक कार्यक्रम सहित सुरेन्द्र नर्कमीद्धारा लिखित लौ आयो ताजा खवर र जातीय छुवाछुत विरुद्धको नाटक पनि विद्यार्थीले मञ्चन समेत गरिएको विद्यालयका प्लस टु इन्चार्ज गुरुदत्त पौडेलले जानकारी दिए । विद्यालय पछिल्लो समय अभिभावकको रोजाइमा पर्नुका साथै यसविधालयमा अध्यनरत विद्यार्थीहरुले सहजै जागिर पाउने र स्वरोजगार बनेको विधालयले जनाएको छ । विद्यालयमा प्लस टु तर्फ ५०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । कार्यक्रममा विद्यालयका सञ्चालकहरु समेत सहभागी थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित