३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

गौतम र कार्कीलाई ‘शाइन आर्थिक पत्रकारिता पुरस्कार–२०८०’

‘शाइन आर्थिक पत्रकारिता पुरस्कार–२०८०’ बाट पत्रकार घनश्याम गौतम र भुवन कार्की पुरस्कृत भएका छन् । आर्थिक क्षेत्रमा निरन्तर कलम चलाउँदै आएको भन्दै उनीहरुलाई रुपन्देहीको बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले सम्मान गर्दै उक्त पुरस्कारबाट पुरस्कृत गरेको हो ।

बैंकको १६ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार तिलोत्तमामा आयोजित समारोहमा गौतम र कार्कीलाई जनही नगद रु. २५ हजार १ रुपैयाँसहित पुरस्कृत तथा सम्मान गरेको हो ।

बैंकका अध्यक्ष थानेश्वर पौडेल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, सञ्चालक मोहन चापागाई, सुरज उप्रेतीलगायतले पत्रकारद्वयलाई संयुक्त रुपमा पुरस्कार तथा सम्मान प्रदान गरेका हुन् । गौतम कान्तिपुर दैनिक र कार्की गोरखापत्र दैनिकमा कार्यरत रहेका छन् ।

पुरस्कार वितरणका लागि पत्रकार माधव नेपालको संयोजकत्वमा ३ सदस्यीय मूल्यांकन समिति गठन गरिएको थियो । समितिको सदस्यमा पत्रकार महासंघ रुपन्देहीका कोषाध्यक्ष सन्जय सौगात र शाइन बैंकको तर्फबाट लालमणि पौडेल रहेका थिए ।

बैंकले वि.स. २०७८ सालदेखि पत्रकार महासंघ रुपन्देहीको समन्वयमा रु. ५ लाखको कोषको स्थापना गर्दै आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकारलाई प्रदान गर्ने सुरुवात गरेको थियो । यो पुरस्कार २०७८ मा यमलाल भुसाल र २०७९ मा माधव नेपालले पाएका थिए ।

त्यस्तै उत्कृष्ट शाखा (ग्रामीण) बाट खनदह शाखा र (शहरी) क्षेत्रबाट काठमाडौको नयाँ बानेश्वर शाखा सम्मानित भएका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित