लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

गौतम र कार्कीलाई ‘शाइन आर्थिक पत्रकारिता पुरस्कार–२०८०’

‘शाइन आर्थिक पत्रकारिता पुरस्कार–२०८०’ बाट पत्रकार घनश्याम गौतम र भुवन कार्की पुरस्कृत भएका छन् । आर्थिक क्षेत्रमा निरन्तर कलम चलाउँदै आएको भन्दै उनीहरुलाई रुपन्देहीको बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले सम्मान गर्दै उक्त पुरस्कारबाट पुरस्कृत गरेको हो ।

बैंकको १६ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार तिलोत्तमामा आयोजित समारोहमा गौतम र कार्कीलाई जनही नगद रु. २५ हजार १ रुपैयाँसहित पुरस्कृत तथा सम्मान गरेको हो ।

बैंकका अध्यक्ष थानेश्वर पौडेल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, सञ्चालक मोहन चापागाई, सुरज उप्रेतीलगायतले पत्रकारद्वयलाई संयुक्त रुपमा पुरस्कार तथा सम्मान प्रदान गरेका हुन् । गौतम कान्तिपुर दैनिक र कार्की गोरखापत्र दैनिकमा कार्यरत रहेका छन् ।

पुरस्कार वितरणका लागि पत्रकार माधव नेपालको संयोजकत्वमा ३ सदस्यीय मूल्यांकन समिति गठन गरिएको थियो । समितिको सदस्यमा पत्रकार महासंघ रुपन्देहीका कोषाध्यक्ष सन्जय सौगात र शाइन बैंकको तर्फबाट लालमणि पौडेल रहेका थिए ।

बैंकले वि.स. २०७८ सालदेखि पत्रकार महासंघ रुपन्देहीको समन्वयमा रु. ५ लाखको कोषको स्थापना गर्दै आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकारलाई प्रदान गर्ने सुरुवात गरेको थियो । यो पुरस्कार २०७८ मा यमलाल भुसाल र २०७९ मा माधव नेपालले पाएका थिए ।

त्यस्तै उत्कृष्ट शाखा (ग्रामीण) बाट खनदह शाखा र (शहरी) क्षेत्रबाट काठमाडौको नयाँ बानेश्वर शाखा सम्मानित भएका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित