दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

अक्सफोर्ड माविमा खाना महोत्सव तथा उद्यमशिलता कार्यक्रम (तस्वीरहरु)

बुटवल । बुटवल–८ स्थित अक्सफोर्ड माध्यमिक विद्यालयमा शुक्रबार खाना महोत्सव तथा उद्यमशिलता कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीहरुलाई अतिरिक्त ज्ञान प्रदान गर्ने उद्देश्यले कक्षा ६ र ७ का विद्यार्थीहरुको सहभागितामा खाना महोत्सव तथा उद्यमशिलता कार्यक्रम गरिएको हो ।
उद्यमशिलतामा कक्षा ६ का विद्यार्थीहरु सहभागि थिए भने खाना महोत्सवमा कक्षा ७ का विद्यार्थीहरु सहभागि थिए । विद्यालयका प्राचार्य दिनेश भुसालले विद्यार्थीहरुलाई कसरी उद्यमशिलता बनाउने र बजार कसरी बुज्न सकिन्छ भन्ने सिकाईका लागि उद्यमशिलता कार्यक्रम गरिएको बताए ।
उक्त कार्यक्रमबाट विद्यार्थीहरुले बजारको मार्केटिङ, बस्तुको खरिद विक्रि ज्ञान, उपभोत्ता एवं ग्राहक संगको मितव्ययिता, सामानहरुको गुणस्तरता बारे ज्ञान प्राप्त गरेको बताए । त्यस्तै खाना महोत्सव कार्यक्रमबाट परिकार बनाउने सिप र मार्केटिङ कसरी गर्ने भन्ने ज्ञान विद्यार्थीहरुले प्राप्त गरेको प्राचार्य भुसालले बताए ।


कार्यक्रममा ४ सय विद्यार्थीहरुले संयुक्त रुपमा स्टल राखेका थिए । विद्यार्थीहरुले तयार गरेका खाना तथा विक्रिका लागि राखिएका बस्तुहरु शिक्षक, अभिभावक एवं विद्यार्थीहरुलाई विक्रि गरेका थिए ।
प्राचार्य भुसालका अनुसार हरेक पाठ्यक्रममा भएका विषयबस्तुलाई प्रयोगात्मक सिकाई गर्न सके मात्र उक्त शिक्षा मुर्त हुने बताए ।
‘पाठ्यक्रमका विषयबस्तुलाई व्यवहारत देखाउने प्रयास रहेनछ । आउँदो शैक्षिकसत्रबाट अभिभावकलाई सिधा स्कुलमा जोड्ने नयाँ कार्यक्रम ल्याउँदैछौ’ उनले भने ।
उनले विद्यालयका अभिभावक विभिन्न क्षेत्रमा आवद्ध भएको भन्दै अभिभावकको क्षमता र आबद्धताको बौद्धिकता विद्यार्थीहरुलाई साट्ने कार्यक्रम ल्याउन लागेको बताए । यसले विद्यालय र अभिभावकको अपनत्वलाई अझ बढि कायम राख्ने उनको भनाई छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित