लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

बुटवलमा भोलीदेखि कृषि मेला हुँदै, प्रवेश निशुल्क

बुटवल उद्योग वाणिज्य संघले बुटवलमा राष्ट्रिय प्रांगारिक कृषि मेला गर्दै छ । यहि फागुन १० गतेदेखि १४ गतेसम्म बुटवल मण्डपमा आयोजना हुने कृषिमेलाको तयारी अन्तिम चरणमा पुगेको संघले जनाएको छ ।
कृषि तथा भूमि व्यवस्था मन्त्रालय लुम्बिनी प्रदेश र बुटवल उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा हुन लागेको कृषि मेलामा कृषि सम्बन्धि प्रविधि, उत्पादन तथा सेवाका १ सय भन्दा बढि स्टल सहभागि रहने कृषि मेला आयोजक समितिका अध्यक्ष हरी अर्यालले बताए ।
कृषि मेला स्थलमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष अर्यालले मेलाको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको र हालसम्म ८१ वटा स्टल दर्ता भईसकेको जानकारी दिए । २०६२ सालदेखि कृषि मेला आयोजना गर्दै आएको संघले अहिले १२ औं संस्करणसम्म आईपुग्दा असल कृषि अभ्यास उन्मुख वस्तुहरुको प्रदर्शनी गर्न लागिएको अध्यक्ष अर्यालले बताए ।
नेपाललाई कृषि प्रधान देश भनिएपनि कृषिको आयातमा मुलुक धानिएकोले कृषि उत्पादनको वृद्धिबाटै मुलुकको अर्थतन्त्रको विकास गर्न सकिने उनले बताए । ५ दिनसम्म चल्ने कृषि मेलामा कृषिको व्यवसायिक विकास, प्रविधिको प्रयोग र प्राङगारिक तथा वैज्ञानिक कृषि प्रणालीका विषयमा छलफल हुने छन् ।
अध्यक्ष अर्यालले बुटवल उद्योग वाणिज्य संघले नियमित रुपमा कृषिको व्यवसायिक विकासका लागि प्रवद्र्धनात्मक रुपमा कृषि मेला आयोजना गर्दै आएको र कृषकहरुको प्रतिस्पर्धात्मक क्षमता बढाउन कृषि मेलालाई निरन्तरता दिंदै आएको बताए ।
संघका महासचिव मुक्ति प्रसाद अधिकारीको संचालनमा सम्पन्न भएको कार्यक्रममा वरिष्ठ पत्रकार बालकृष्ण चापागाई, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल लगायतले कृषि मेलालाई किसानको लागि पाठशाला बनाउनुपर्ने सुझाव दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित