रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित                
समाचार :

पश्चिमाञ्चल यातायात व्यवसायी समितिमा विवाद

बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलमा विवाद देखिएको छ । समितिको २३ औँ साधारणसभा तथा १३ औँ अधिवेशनमा सर्वसम्मतिको नाममा ३ जना पूर्व अध्यक्षले आर्थिक अनियमितता गरेकालाई नै नेतृत्व हस्तान्तरण गरेको भन्दै असन्तुष्टि देखिएको हो ।

असन्तुष्ट पक्षले समितिको प्रधान कार्यालय बुटवलको मूल गेटमा पत्रकार सम्मेलन गर्दै पूर्व अध्यक्ष अर्जुन रानाभाटको संयोजकत्वमा बनेको समितिले षड्यन्त्रपूर्वक एकलौटी रुपमा आर्थिक अनियमितता गरेका टीकाराज गौतमलाई नेतृत्व हस्तान्तरण गरेकोमा आपत्ति जनाएको हो ।

निवर्तमान वरिष्ठ उपाध्यक्ष प्रतापबहादुर कार्की र निवर्तमान उपाध्यक्ष गणेश घिमिरे लगायतको समूहले पूर्वअध्यक्षहरुको नेतृत्वमा गठित समितिले कार्यसमिति भित्रका इमानदार र स्वच्छ छवि भएका व्यक्तिलाई निर्वाचित गराउनुपर्नेमा व्यवसाय छाडिसकेका र विभिन्न विवादमा परेका व्यक्तिलाई अध्यक्ष मनोनीत गरी एकलौटी गरेको र यो निर्णयमा निवर्तमान कार्यसमितिमा रहेका बहुमत सदस्य व्यवसायीहरु विरोधमा रहेको दाबी गरेका छन् ।

मनोनीत गरिएका गौतमले आर्थिक हिनामिना गरेको निवर्तमान उपाध्यक्ष प्रतापबहादुर कार्कीको आरोप छ । निवर्तमान उपाध्यक्ष घिमिरेले नियम विपरीत फाइलहरु खडा गर्ने, संस्थाको रकम आफ्नो व्यक्तिगत प्रयोजनमा प्रयोग गर्ने लगायतका अनैतिक कार्यमाथि छानबिन हुनुपर्ने माग गरे ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित