रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित                
समाचार :

पाल्पामा टिपर दुर्घटना : २ जनाको मृत्यु

पाल्पामा टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

रुपन्देहीको देवदह खैरेनीबाट सोमवार बिहान पाल्पाको घामिकास्थित चुनढुंगा खानीमा जाँदै गरेको लु २ ख ५६१ नम्बरको टिपर माथागढी गाउँपालिका–५, हात्तीलुङ आर्थोकघाटमा दुर्घटनामा परेको हो ।

पाल्पाको रहवास–खैरेनी सडक अन्तर्गत भएको दुर्घटनामा परी टिपर चालक रुपन्देही तिलोत्तमा नगरपालिका १६ का २४ वर्षका प्रदीप कुमाल र सोही स्थानका सहचालक १८ वर्षका मनीष परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए ।

दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गर्न माथागढी प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट टोली खटिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित