लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

लुम्बिनीका रजिष्ट्रार आचार्यलाई उत्कृष्ट रजिष्ट्रारको अवार्ड

बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्य उत्कृष्ट रजिष्ट्रारको अवार्डबाट सम्मानित भएका छन् । देशभरका विश्वविद्यालयहरुका रजिष्टारहरुको मूल्यांकनबाट लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार आचार्यलाई रजिष्टार अफ द इयर २०२४ अवार्डबाट सम्मानित गरिएको हो ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच उनलाई राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अवार्ड प्रदान गरे । विश्वविद्यालय अनुदान आयोगका पूर्व अध्यक्ष प्रा.डा. भीम प्रसाद सुवेदी नेतृत्वको जुरी समितिले उत्कृष्ट अवार्डका लागि विश्वविद्यालयहरुका पदाधिकारीहरुको कार्य मूल्यांकन गरेको थियो । मूल्यांकनमा डा. आचार्य उत्कृष्ट रजिष्टार बनेको आयोजक कलेज रिर्डसका प्रमुख कार्यकारी निर्देशक जितेन्द्र घिमिरेले जानकारी दिए ।
उपकुलपतितर्फ सुदुर पश्चिम विश्वविद्यालयका उपकुलपति डा. नन्दबहादुर सिंहले अवार्ड प्राप्त गरेका छन् । त्यस्तै प्रोमिसिंग उपकुलति अवार्डबाट काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापा सम्मानित भए । त्यस्तै प्रोमेसिंग रजिष्टारको अवार्ड पोखरा विश्वविद्यालयका रजिष्टार डा. दीपक बहादुर भण्डारीले प्राप्त गरे ।
अवार्ड प्रदानका लागि छनौट गर्न १३ वटा सूचकहरु बनाइएको थियो । विश्वविद्यालयको शैक्षिक, भौतिक विकास, आर्थिक पारदर्शिता र शुसासनसहितका सूचकहरुका आधारमा उत्कृष्टताको अवार्ड प्रदान गरिएको हो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित