बुटवलमा जेन जी पुस्ताको प्रदर्शन प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु शोरुम उद्घाटनअघि नै बुटवलमा ‘प्रोटोन ई.मास सेभेन’ ईभी १० वटा बिक्रि रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य                
समाचार :

लुम्बिनीका रजिष्ट्रार आचार्यलाई उत्कृष्ट रजिष्ट्रारको अवार्ड

बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्य उत्कृष्ट रजिष्ट्रारको अवार्डबाट सम्मानित भएका छन् । देशभरका विश्वविद्यालयहरुका रजिष्टारहरुको मूल्यांकनबाट लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार आचार्यलाई रजिष्टार अफ द इयर २०२४ अवार्डबाट सम्मानित गरिएको हो ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच उनलाई राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अवार्ड प्रदान गरे । विश्वविद्यालय अनुदान आयोगका पूर्व अध्यक्ष प्रा.डा. भीम प्रसाद सुवेदी नेतृत्वको जुरी समितिले उत्कृष्ट अवार्डका लागि विश्वविद्यालयहरुका पदाधिकारीहरुको कार्य मूल्यांकन गरेको थियो । मूल्यांकनमा डा. आचार्य उत्कृष्ट रजिष्टार बनेको आयोजक कलेज रिर्डसका प्रमुख कार्यकारी निर्देशक जितेन्द्र घिमिरेले जानकारी दिए ।
उपकुलपतितर्फ सुदुर पश्चिम विश्वविद्यालयका उपकुलपति डा. नन्दबहादुर सिंहले अवार्ड प्राप्त गरेका छन् । त्यस्तै प्रोमिसिंग उपकुलति अवार्डबाट काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापा सम्मानित भए । त्यस्तै प्रोमेसिंग रजिष्टारको अवार्ड पोखरा विश्वविद्यालयका रजिष्टार डा. दीपक बहादुर भण्डारीले प्राप्त गरे ।
अवार्ड प्रदानका लागि छनौट गर्न १३ वटा सूचकहरु बनाइएको थियो । विश्वविद्यालयको शैक्षिक, भौतिक विकास, आर्थिक पारदर्शिता र शुसासनसहितका सूचकहरुका आधारमा उत्कृष्टताको अवार्ड प्रदान गरिएको हो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित