रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य पाल्पाको तिनाउमा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु रूपन्देही ३ मा धनिराम चौधरीलाई उम्मेदवार बनाउने जनमतको निर्णय डिभोर्सको प्रमाण सार्वजनिक गर्दै लेखजंगले लेखे- सम्बन्धविच्छेद गर्ने वित्तिकै एकअर्कासँग भेट्नै नहुने हो ?                
समाचार :

सदस्यता शुद्धिकरणमा पुनःविचार नगरे प्रेस चौतारीले आन्दोलन गर्ने

रुपन्देही ।
नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा प्रतिनिधि सभा सदस्य सूर्य थापाले सत्य, तथ्य विचार जनतमाझा लग्न जरुरी रहेको, त्यो काम प्रेस जगतको प्रमुख जिम्मेवारीभित्र पर्ने बताएका छन् ।
शनिबार प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशको प्रथम साधारण सभालाई सम्वोधन गर्दै उनले श्रमजीविका मुद्धा, संगठित, पेशागत दक्षता योग्य बनाउन प्रेस चौतारीले भूमिका खेल्नुपर्ने बताए । पत्रकार महासंघमा गठबन्धनका कारण जित्नेले हार्ने र हार्नुपर्नेले जित्ने गलत परिपाटीको सुरुवात भएको उनको भनाइ थियो । ‘दृष्टिकोण बनाउँदा संगठनलाई केन्द्रमा राख्नुपर्छ’उनले भने,‘संगठनलाई सहि नीति, एजेन्डाले सबैभन्दा बढी सक्रिय बनाउँछ । यसमा चौतारीले भूमिका बढाउनुपर्छ ।’
वि.सं. २००८ सालमा सत्यनारायणबहादुर श्रेष्ठले स्थापना गरेको पत्रकार महासंघ हाल विपुल पोख्रेल अध्यक्ष भएको महासंघ नै रहेको उनले बताए । ‘इतिहास मेटाउन पाइदैन । म यो इतिहास मेटाउने खेलको विपक्षमा छु’उनले भने,‘पत्रकार महासंघको इतिहास तोडमोड गर्न पाइदैन । यसमा म स्पष्ट छु ।’
चौतारी लुम्बिनी प्रदेशका अध्यक्ष शोभाखर पन्थीको अध्यक्षतामा सम्पन्न सभालाई सम्बोधन गर्दै केन्द्रीय उपाध्यक्ष गणेश पाण्डेले नयाँ पुस्तालाई संगठित गर्नुपर्ने, पत्रकार महासंघमा नेतृत्व स्थापित गर्ने सवालमा चौतारीले भूमिका खेल्ने बताए । अर्का उपाध्यक्ष सविन प्रियासनले प्रदेश सरकारले प्रदेश संचार परिषद्लाई भूमिका दिन नसकेकोप्रति गुनासो गर्दै दवाव सृजना गर्न आवश्यक रहेको धारणा राखे । चौतारीका महासचिव हिरामान लामाले संगठन निर्माण, विस्तार र सुदृढीकरणका लागि व्यक्तिवादी सिद्धान्त हावी हुन नहुने, सामाजिक सञ्जालको प्रभावकारी प्रयोगमा ध्यान दिनुपर्ने बताए ।
सभालाई नेकपा एमाले लुम्बिनी प्रदेश सचिव लक्ष्मण आचार्य, नेकपा एमाले लुम्बिनी प्रदेश प्रचार विभाग प्रमुख डिआर घिमिरे, प्रेस चौतारी लुम्बिनी इञ्चार्ज मोहन चापागाई, प्रेस चौतारी लुम्बिनी प्रदेशका सल्लाहकार भरत केसी, लुम्बिनी प्रदेश सञ्चार परिषद संयोजक मिलन गाहा, संसदीय मामिला पत्रकारका अध्यक्ष घनश्याम गौतम, नेकपा एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेत, चौतारी प्रदेश उपाध्यक्ष दशरथ घिमिरेलगायतका वक्ताहरुले परिवर्तनलाई संस्थागत गर्न सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने भएकाले जनसरोकारको सवालमा प्रतिबद्ध भएर भूमिका खेल्नुपर्नेमा जोड दिए । सभामा महासचिव निरु गौतमले प्रगति, कोषाध्यक्ष ओपेन्द्र बस्नेतले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारणसभाले नेपाल पत्रकार महासंघले एकतर्फीरुपमा गरेको सदस्यता शुद्धिकरणलाई पुनःविचार गर्न माग गर्दै ७ बुँदे घोषणा पत्र जारी गरेको छ । त्यसैगरी लुम्बिनी प्रदेश सरकारले संचार समन्वय परिषदलाई क्रियाशील बनाउन माग गर्दै तत्काल रजिष्टार नियुक्तिको व्यवस्था गर्न माग गरेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित